एजेन्सी— दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तमा भएको बस दुर्घटनामा परी कम्तीमा ४० जनाको ज्यान गएको छ । मृत्यु हुनेहरूमा मालावी र जिम्बावेका नागरिकहरू पनि रहेका छन् ।दुर्घटना आइतबार भएको हो, जब जिम्बावे जाँदै गरेको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट तल खस्दा गम्भीर दुर्घटना भएको थियो । बस दक्षिण अफ्रिकाको ग्क्वेबेर्हा सहरबाट छुटेको थियो, जुन जिम्बावे सीमाबाट करिब एक हजार ५०० किलोमिटर टाढा पर्छ ।लिम्पोपो प्रदेशकी यातायात मन्त्री भायोलेट माथ्येका अनुसार, ‘हाल उद्धारकार्य जारी छ, तर अहिलेसम्म ४० जनाको मृत्यु पुष्टि भइसकेको छ ।’मृतकमध्ये एक १० महिनाकी बालिका पनि रहेको उनले जानकारी दिए ।उक
काठमाडौँ । दुई वर्षदेखि गाजापट्टीमा बन्धक रहेकालाई प्यालेस्टिनी लडाकु समूह हमासले सात जना इजरायली बन्दीहरूलाई अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) बुझाएको छ ।हमासले रिहा गर्न लागेको २० जनाको सूचीमा नेपालका विपिनको जोशीको नाम नरहेको औपचारिक जानकारी इजरायलस्थित नेपाली दुतावासले पाएको छ ।यो सँगै बहुप्रतिक्षित युद्धविराम सम्झौताको पहिलो चरण सुरु भएको अन्तराष्ट्रिय संचारमाध्यम अलजजिराले जनाएको छ ।सोमबार इजरायलभर हजारौं नागरिकहरुले सार्वजनिक रूपमा प्रसारण गरिएको बन्दी हस्तान्तरणको दृश्य हेर्न भेला भएका थिए । टेलिभिजन च्यानलहरूमा बन्दीहरू रेडक्रसलाइ हस्तान्तरण गरिएको दृश्य देखिनासाथ नागरिकहरुले ख
काठमाडौँ ।इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् ।इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र इजरायली सेनाका कमाण्डरहरूले अमेरिकामा रहेका विपिनकी आमा र बहिनीलाई तथा नेपालमा रहेका उनका आफन्तलाई विपिन जिवित नरहेको जानकारी गएको पण्डितले जानकारी दिएका छन् ।अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए । सन् २०२३ नोभेम्बर १७ मा विपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए । तर त्यसपछि उन
काठमाडौं— प्यालेस्टिनी समाचार एजेन्सी ‘शेहाब’ले हमासले मुक्त गर्न लागेका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ ।जुन सूचीमा विपीन जोशीको नाम उल्लेख छैन । यस्तै अज्ञात भनिएका अर्का तमीर निम्रोदीको नाम पनि सूचीमा समावेश छैन ।सार्वजनिक गरिएका नामहरू पहिले नै सार्वजनिक भएका २० जना जीवित रहेको भनी अनुमान गरिएका बन्धकहरूको सूचीसँग मिल्छन् ।उनीहरु सबै इजरायली नागरिक हुन् । यी २० जनालाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ । उनीहरुलाई लिन अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीको टोली गाजा पट्टी पुगेका छन् ।यस्तो छ सूचीः– बार कुपरस्टाइन– एभ्यातार डेभिड– योसेफ–चाइम ओहाना– सेगेभ काल्फोन– अविनातान ओर– एल्काना बोहबो
काठमाडौं— हमासले गाजामा बन्धक बनाएकामध्ये २२ जना जीवित रहेको विश्वास गरिएको छ भने त्यसमा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको नयाँ सूची सार्वजनिक भएको छ।वासिङ्टन पोस्टले सार्वजनिक गरेको जीवित रहेको विश्वास गरिएका बन्धकहरूको सूचीमा विपिनको पनि नाम छ।यसअघि सीएनएनले प्रकाशन गरेको रिपोर्टमा भने २० बन्धक मात्र जीवित रहेको सूची दिइएको थियोे भने नेपाली विपिनको अवस्था अज्ञात भनिएको थियोे।
काठमाण्डौ— आइसिसी टी–२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफक छनोटमा नेपालले जापानलाई हराउँदै समूह विजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको छ ।ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा आज सम्पन्न समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले जापानलाई पाँच विकेटले पराजित गर्दै विजयकी भएको हो ।प्रतियोगितामा लगातारको दोस्रो जितसँगै नेपालले दुई खेलमा चार अङ्क जोडेको छ । पराजित जापान पनि समान खेलबाट दुई अङ्कका साथ उपविजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको छ ।जापानले प्रस्तुत गरेको एक सय ३२ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गरेको छ । नेपालका लागि आसिफ शेखल
काठमाडौं— फिलिपिन्समा शुक्रबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । भूकम्पपछि सुनामीको चेतावनीसमेत जारी गरिएको छ ।भूकम्पको तीव्रता ७.४ म्याग्निच्यूड रहेको जनाइएको छ ।मिन्डानाओ क्षेत्रमा केन्द्रविन्दु रहेको भूकम्पबाट भएको जनधनको क्षतिबारे विवरण आउन बाँकी छ ।
काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो साताको अन्त्यतिर इजीप्ट जाने सम्भावना रहेको संकेत गरेका छन् । उनले मध्यपूर्वमा चलिरहेको शान्ति वार्तामा महत्वपूर्ण प्रगति भएको भन्दै सम्झौता धेरै नजिक पुगेको बताएका छन् । अल–जजिराका अनुसार ट्रम्पले यसबारे बुधबार ह्वाइट हाउसमा आयोजित कार्यक्रममा जानकारी दिएका हुन् ।कार्यक्रमका क्रममा अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पठाएको नोट पढ्दै ट्रम्पले भने, ‘विदेशमन्त्रीले मलाई एउटा नोट दिएका छन् । जसमा भनिएको छ कि हामी मध्यपूर्वमा एक सम्झौतामा पुग्न निकै नजिक छौं, र मलाई चाँडै त्यहाँ जानुपर्नेछ ।’ट्रम्पले आफू शनिबारको आसपास इजीप्ट प्रस्थान गर
काठमाडौं । नेपाल सरकार र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोग सम्बन्धी दुई महत्वपूर्ण सम्झौताहरुमा आज हस्ताक्षर सम्पन्न भएको छ । यी सम्झौताहरुले नेपालको उर्जा, स्वास्थ्य, कृषि, शासन तथा समावेशी विकासका प्राथमिकतालाई सहायता गर्ने लक्ष्य लिएको छ । नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्री धनिराम शर्मा र जर्मन सरकारको तर्फबाट काठमाडौँस्थित नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो भोल्जले हस्ताक्षर गरेका हुन् । वित्तीय सहयोग सम्झौताअन्तर्गत जर्मन सरकारले ‘पावर डिस्ट्रीब्युसन स्ट्रेन्थेनिङ कार्यक्रम’ मा सहयोगस्वरूप २० मिलियन युरो सम्मको प्रतिबद्धता जनाएको छ ।&nb
काठमाडौं— रूसले सोमबार युक्रेनविरुद्धका सबै मोर्चामा सैन्य अग्रगमन गरेको दाबी गरेको छ, जबकि युक्रेनले रूसको नोभोरोनेझ आणविक ऊर्जा केन्द्रमा आक्रमण गर्ने प्रयास गरेको बताइएको छ ।रूसी रक्षा मन्त्रालयका अनुसार सोमबार डोनेट्स्क र जापोरिजिया क्षेत्रमा एउटा–एउटा बस्तीमाथि नियन्त्रण कायम गरिएको छ । साथै, रूसी सेनाले युक्रेनी सशस्त्र बल र विदेशी भाडाका लडाकूहरू रहेका अस्थायी बेस, इन्धन भण्डार, ऊर्जा तथा यातायात संरचनामाथि १४८ स्थानमा आक्रमण गरेको छ । त्यस क्रममा ४१६ फिक्स्ड–विङ ड्रोनहरू पनि खसालिएको बताइएको छ ।रूसी सर्वोच्च सेनापति भ्यालेरी गेरेसिमोभले मंगलबार बताएअनुसार, “रूसी सेना सबै दिशामा अगाडि ब
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.