विदेश

    Showing १६१-१७० of २,१३३ items.
  • भारतका प्रधानमन्त्री मोदीलाई इन्डोनेसियाको सर्वोच्च सम्मान प्रदान

    एजेन्सी— इन्डोनेसियाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो सर्वोच्च नागरिक सम्मान ‘बिन्टाङ आदिपूर्ण’ले सम्मान गरेको छ। भारतको प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत उक्त जानकारी दिएको हो।पोस्टमा लेखिएको छ, ‘आज बिहान मलाई इन्डोनेसियाको सर्वोच्च सम्मान पनि ठुलो स्नेहका साथ प्रदान गरिएको छ। यो सम्मान लाखौँ भारतीयहरूको हो, इन्डोनेसियाका जनताको भावना हो, अनि भारत र इन्डोनेसियाबिचको ऐतिहासिक र सौहार्दपूर्ण सम्बन्धको हो। म राष्ट्रपति प्रबोवो, इन्डोनेसियाली सरकार र यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु।’मोदी तीन-राष्ट्र भ्रमणअन्तर्गत पहिलो चरणमा सोमबार इन्डोनेसिया पुगेका हुन्

    • प्रकाशित मितिः असार २३, २०८३
    • १,११४ पटक पढिएको
  • अमेरिकालाई ४-१ ले पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा प्रवेश

    काठमाडौं / फिफा विश्वकप २०२६ अन्तर्गत खेलमा बेल्जियमले अमेरिकालाई ४-१ ले पराजित गरेको छ ।मंगलबार सिएटल रंगशालामा भएको खेलमा बेल्जियमले अमेरिकालाई ४-१ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो ।बेल्जियका लागि चाल्र्स डे केटेलारेले खेलको ९औं र ३३औं मिनेटमा दुई गोल गर्दै टोलीलाई बलियो अग्रता दिलाए ।अमेरिकाले ३१औं मिनेटमा मालिक टिलम्यानमार्फत एक गोल फर्काएर खेल बराबरीमा ल्याए । ५७औं मिनेटमा हान्स भानाकेनले तेस्रो गोल गरे । इन्जुरी समयको तेस्रो मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै ४-१ को शानदार जित दिलाए । यस जितसँगै बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको छ । हारसँगै अमेरिका अन्

    • प्रकाशित मितिः असार २३, २०८३
    • २१० पटक पढिएको
  • राष्ट्रिय टोलिमा आफ्नो भविष्यबारे हतारमा निर्णय गर्दिन: रोनाल्डो

    काठमाडौं / पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो अन्तिम फिफा विश्वकप ट्रफीबिनै समाप्त भएकोमा दुःख व्यक्त गरेका छन् । यद्यपि उनले पोर्चुगलको राष्ट्रिय टोलीबाट आफ्नो भविष्यबारे भने हतारमा कुनै निर्णय नगर्ने बताएका छन् ।राउण्ड अफ–१६ मा स्पेनसँग १–० ले पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै रोनाल्डोले आफूले देशका लागि सक्दो योगदान दिएको र कुनै पछुतो नरहेको बताए । ‘यसरी विश्वकपबाट बाहिरिनुपर्दा दुःख लागेको छ । मैले आफ्नो तर्फबाट सक्दो प्रयास गरेँ । अन्तस्करण सफा छ, यो मेरो अन्तिम विश्वकप थियो । अब केही समय परिवारसँग बिताएर शान्त रूपमा भविष्यबारे स

    • प्रकाशित मितिः असार २३, २०८३
    • ५८० पटक पढिएको
  • एडीबी अध्यक्ष मासातो कान्डा काठमाडौंमा, नेपालको विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता

    काठमाडौं /  एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्डा औपचारिक भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् । उनले आफ्नो आगमनबारे सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिएका हुन् । नेपाल आइपुगेपछि उनले एडीबीले नेपालको विकास, रूपान्तरण तथा दीर्घकालीन आर्थिक वृद्धिमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । साथै, रोजगारी सिर्जना र नयाँ आर्थिक अवसर विस्तारका लागि आवश्यक पूर्वाधार विकासमा एडीबीले सहयोग जारी राख्ने उनले उल्लेख गरेका छन् । एडीबी नेपालको प्रमुख विकास साझेदारमध्ये एक हो । अध्यक्ष कान्डाका अनुसार हाल नेपालमा एडीबीको लगानीमा करिब ३ अर्ब ९० करोड अमेरिकी डलर बराबरका विभिन्न विक

    • प्रकाशित मितिः असार २२, २०८३
    • २२७ पटक पढिएको
  • जर्मनीमा दोस्रो ‘नेपाली रूट्स समिट’ स्नेपाली डायस्पोरालाई बलियो बनाउने संकल्प

    काठमाडौं / जर्मनी तथा युरोपमा रहेका नेपाली उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी र समुदायका अगुवाबीच सञ्जाल विस्तार गर्दै नेपाली डायस्पोराको ज्ञान, सीप र अनुभवलाई नेपालको विकासमा उपयोग गर्ने उद्देश्यसहित आयोजित दोस्रो ‘नेपाली रूट्स समिट–२०२६’ जर्मनीको म्युनिखमा आयोजना गरिएको छ ।नेपाली रूट्सले आयोजना गरेको समिटमा जर्मनीका विभिन्न सहरबाट ९६ जना नेपाली सहभागी भएका थिए। जर्मनी तथा युरोपमा रहेका नेपाली मूलका विज्ञ, विद्यार्थी, व्यवसायी तथा विभिन्न क्षेत्रका पेशाकर्मीलाई एउटै सञ्जालमा आबद्ध गराउने उद्देश्यले स्थापित नेपाली रूट्सले ज्ञान आदानप्रदान, व्यावसायिक सहकार्य र नेपालसँगको सम्बन्धलाई अझ प्र

    • प्रकाशित मितिः असार २२, २०८३
    • २७२ पटक पढिएको
  • ट्रम्पको हस्तक्षेपपछि बालोगुनमाथिको प्रतिबन्ध स्थगित, बेल्जियमले जनायो आपत्ति

    काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी फुटबल टोलीका स्ट्राइकर फोलारिन बालोगुन माथिको स्वतः लाग्ने एक खेलको प्रतिबन्ध पुनरावलोकन गर्न व्यक्तिगत रूपमा दबाब दिएपछि फिफाले उनको निलम्बन स्थगित गरेको छ ।अमेरिकी सञ्चारमाध्यम फक्स न्युजका अनुसार ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनो लाई फोन गरी बालोगुनमाथिको प्रतिबन्ध पुनरावलोकन गर्न आग्रह गरेका थिए । बालोगुन बोसनीया एण्ड हर्जगोभिना विरुद्धको प्रि–क्वार्टरफाइनल खेलमा रातो कार्ड पाएपछि स्वतः एक खेलको प्रतिबन्धमा परेका थिए । फिफाको अनुशासन समितिले आइतबार निर्णय सार्वजनिक गर्दै फिफा अनुशासन संहिताको धारा २७ अनुसार बालोगुनमाथिको स्

    • प्रकाशित मितिः असार २२, २०८३
    • ४४४ पटक पढिएको
  • अन्तर्राष्ट्रिय फुटबलबाट नेयमारले लिए सन्यास

    काठमाडौं / ब्राजिलियन फुटबलर नेयमार जुनियरले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । फिफा विश्वकप २०२६ को अन्तिम–१६ मा नर्वेसँग २–१ ले पराजित भएर बाहिरिएसँगै नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन् । अमेरिकाको न्युजर्सी रंगशालामा नेयमारले ब्राजिलका लागि सान्तवना गोल गरेका थिए । इन्जुरी टाइममा पेनाल्टीमार्फत प्रतियोगितामा एक गोल मात्र गरेका थिए ।नेयमारले चारवटा फिफा विश्वकप खेले । जारी विश्वकपमा भने उनी पूर्ण फिट नभएका कारण दुई खेलमा मात्रै वैकल्पिक खेलाडीका रूपमा मैदान उत्रिएका थिए । नेयमार ब्राजिलियन राष्ट्रिय पुरुष टोलीका लागि सर्वाधिक गोल गर्

    • प्रकाशित मितिः असार २२, २०८३
    • ६९७ पटक पढिएको
  • अस्ट्रेलिया भ्रमणअघि मोदीलाई ज्यान मार्ने धम्की

    एजेन्सी— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी अस्ट्रेलिया भ्रमणअघि सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिइएपछि अस्ट्रेलियन फेडरल पुलिसले अनुसन्धान सुरु गरेको छ। घटनापछि उनको भ्रमणका लागि सुरक्षा व्यवस्था थप कडा पारिएको छ।जुलाई ९ मा मार्भल स्टेडियममा हुने ‘मेलबर्न मिट्स मोदी’ कार्यक्रमसम्बन्धी फेसबुक पोस्टमा गरिएको धम्कीपूर्ण टिप्पणीपछि प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको हो। स्थानीय सञ्चारमाध्यमका अनुसार धम्की दिने खातासँग सम्बन्धित आईपी ठेगाना पहिचान भइसकेको छ र कानुनी उल्लंघन भएको भए/नभएको विषयमा पनि अनुसन्धान भइरहेको छ।हालसम्म यस घटनामा कसैलाई पक्राउ गरिएको छैन। प्रधानमन्त्री मोद

    • प्रकाशित मितिः असार २१, २०८३
    • ८९९ पटक पढिएको
  • रुस–युक्रेन युद्ध: ड्रोन आक्रमण निरन्तर, सैन्य हेलिकोप्टर निशानामा

    एजेन्सी /  रुस र युक्रेनले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म एकअर्काविरुद्ध व्यापक आक्रमणहरू गरेको जानकारी दिएका छन् ।रुसको रक्षा मन्त्रालयले एक विज्ञप्तिमार्फत विगत २४ घण्टामा आफ्ना सेनाले युक्रेनी सेनाको इन्धन, ऊर्जा तथा यातायात पूर्वाधारका साथै लामो दूरीका ड्रोन उत्पादन र भण्डारण केन्द्रहरू गरी १४२ स्थानमा आक्रमण गरेको जनाएको छ। मन्त्रालयका अनुसार रुसी सेनाले युक्रेनी सैनिक र विदेशी भाडाका लडाकुहरूको अस्थायी तैनाथी स्थलहरूलाई पनि निशाना बनाएको छ। साथै, खार्किभ क्षेत्रमा थप चार बस्तीहरू आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ। उता, युक्रेनको सशस्त्र बलको जनरल स्टाफले शुक्रबारदेखि शनिबारसम

    • प्रकाशित मितिः असार २१, २०८३
    • ४०० पटक पढिएको
  • मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश

    काठमाडौं— फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा क्यानडालाई हराउँदै मोरक्को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।ह्युस्टन रंगशालामा सम्पन्न खेलमा क्यानडालाई ३–० ले हराउँदै मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।मोरक्कोका मिडफिल्डर अज्जेदिन ओनाहीले दुई गोल गरेका थिए । मोरक्कोका लागि मिडफिल्डर अज्जेदिन औनाहीले खेलको ५०औं र ८२औं मिनेटमा दुई गोल गर्दै टोलीलाई अग्रता दिलाए । खेलको इन्जुरी समयको अन्तिम मिनेटमा सुफियान रहिमीले तेस्रो गोल गर्दै मोरक्कोको जित सुनिश्चित गरे ।यो जितसँगै मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश हो ।

    • प्रकाशित मितिः असार २१, २०८३
    • १,४११ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.