काठमाडौं— रूस र युक्रेनबीच चलिरहेको कटु द्वन्द्व थप चर्किएको छ । दुवै देशले शनिबार एक–अर्काका ऊर्जा तथा सैन्य पूर्वाधारमाथि ठूलो आक्रमण गरेको दाबी गरेका छन् ।रूसी रक्षा मन्त्रालयका अनुसार शुक्रबार रातिदेखि रूसी सेनाले उच्च–सटीकता भएका हतियार र ड्रोन प्रयोग गर्दै युक्रेनका सैन्य–औद्योगिक प्रतिष्ठान तथा तिनलाई सहयोग गर्ने ऊर्जा संरचनामाथि ठूलो आक्रमण गरेको छ । मन्त्रालयले यसलाई युक्रेनद्वारा रूसी भूभागका नागरिक संरचनामाथि गरिएको आक्रमणको प्रतिउत्तर भएको बताएको छ ।पछिल्ला २४ घण्टामा रूसी सेनाले विभिन्न फ्रन्टलाइनमा युक्रेनी आक्रमण पराजित गरेको, आफ्नो स्थितिलाई मजबुत पारेको तथा युक्रेनका सैन्य हवा
कोलम्बो— श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रले शनिवार साँझ चक्रवात दिट्वाका कारण आएको बाढी र पहिरोका कारण १ सय ५३ जनाको मृत्यु भएको बताएको छ।धेरै जिल्लाहरूमा खोज र राहत कार्य तीव्र पारिएको छ। १ सय ९१ जना अझै बेपत्ता रहेको बताइएको छ। सबै जिल्लाका २ लाख १७ हजार २ सय ६३ परिवारका ७ लाख ७४ हजार ७ सय २४ जना भारी वर्षा, बाढी र पहिरोबाट प्रभावित भएको बताइएको छ।२७ हजार ४ सय ९४ परिवारका १ लाख ८ सय ९८ जना हाल ७९८ निकासी केन्द्रहरूमा बसिरहेका छन्।
एजेन्सी । रुसले बिहीबार आफ्नो सेनाले क्रास्नोआर्मेस्कमा अगाडि बढेको दाबी गरेको छ । यता, युक्रेनले सोही दिन धेरै रुसी आक्रमणलाई विफल पारेको बताएको छ । रुसी रक्षा मन्त्रालयले रुसी सशस्त्र सेनाले सुमी र खार्किभ लगायत धेरै दिशामा युक्रेनी सेनालाई प्रहार गरेको र डोनेट्स्क क्षेत्रमा रहेको बस्ती नियन्त्रण गरेको जनाएको छ ।क्रास्नोआर्मेस्कमा रूसी सेनाले धेरै क्षेत्रहरूमा अगाडि बढिसकेको छ भने धेरै युक्रेनी प्रयासहरूलाई विफल पारेको मन्त्रालयले जनाएको छ।सोही दिन, युक्रेनको सशस्त्र बलका जनरल स्टाफले भने कि युक्रेनी सेनाले पोकरोभ्स्क र ओलेक्सान्ड्रिभस्कको दिशामा दर्जनौं रूसी आक्रमणहरूलाई रोकेको छ।युक्र
कोलकाता। यहाँस्थित कोलकाता र हल्दिया बन्दरगाहको जग्गा प्रयोग नहुँदा राज्यकोषबाट मासिक रु पाँच लाख ६० हजार खर्च भइरहेको छ । नेपालले पारवाहन सन्धिअनुसार भारतसँग ‘लिज’मा लिएको जग्गा व्यवस्थापन नहुँदा वर्षौँदेखि राज्यको व्ययभारले थिचिएको छ । नेपाल पारवहन तथा गोदाम कम्पनी लिमिटेडको निष्क्रियताले यस्तो अवस्था आएको हो । कोलकाता बन्दरगाहमा चार हजार ८५० वर्गमिटरको गोदाम नेपाल पारवहन तथा गोदाम कम्पनीले व्यवस्थापन गर्दै आएको छ । सरकारले कोलकाताको जग्गाको मासिक भाडा भारतीय मुद्रामा ५६ हजार तिर्दै आएको छ । हाल उक्त जग्गा उपयोगको म्याद समाप्त भएको छ । हल्दिया बन्दरगाहको जग्गा आठ हजार ९८५ वर्गमिटर
काठमाडौं— ह्वाइट हाउसबाट केही ब्लक पर भएको हालैको गोलीकाण्डमा घाइते दुई नेशनल गार्डमध्ये एकको मृत्यु भएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । मृत्यु भएकी सैनिक अमेरिकी सेनाकी स्पेशलिस्ट साराह बेक्स्ट्रोम हुन् ।राष्ट्रपति ट्रम्पले धन्यवाद दिवस (थ्याङसगिभिङ) का अवसरमा सेनाका सदस्यहरूसँग गरेको फोन कुराकानीका क्रममा बेक्स्ट्रोमको निधन भएको जानकारी दिएका थिए । “वेस्ट भर्जिनियाकी साराह बेक्स्ट्रोम एक असाधारण, सम्मानित र अद्भुत व्यक्तित्व थिइन् । उनले २०२३ जूनमा सेवा सुरु गरेकी थिइन् । अहिले उनी हामीलाई छोडेर गएको समाचार अत्यन्त दुःखद छ,“ ट्रम्पको भनाइलाई सीएनएनले उद्धृत गरेको छ ।
काठमाडौं— नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त समितिको सातौँ बैठक मंसिर ११ गते बंगलादेशको ढाकामा सम्पन्न भएको छ । बैठकले नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत निर्यात गर्ने सहमती गरेको छ । हाल नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात भइरहेको छ ।विहीबार सम्पन्न बैठकले सुनकोशी–३ जलविद्युत आयोजनामा लगानी प्रक्रिया अगाडि बढाउन बंगलादेशले विशेषज्ञ समिति गठन गरी मूल्याङ्कन तीव्रता गर्ने तथा संयुक्त उपक्रम शीघ्र टुंग्याउने निर्णय भएको छ ।बैठकको सहअध्यक्षता नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव श्री चरणजीवी चटौत तथा बंगलादेश सरकारको विद्युत, ऊर्जा तथा खनिज मन्त्रालयकी स
एजेन्सी— चीनले हालै आफ्नो पहिलो ठूलो, कम–ग्रेडको सुन भण्डार पत्ता लगाएको छ । देशको प्राकृतिक स्रोत मन्त्रालयका अधिकारीहरूले ठूलो सुन भण्डार पत्ता लगाएको पुष्टि गरे । उत्तरपूर्वी चीनको लिओनिङ प्रान्तमा रहेको दादोङगो सुन खानीमा लगभग १,४४४ टन प्रमाणित सुन धातुको मात्रा छ । जुन २.५ अर्ब टन सुन अयस्कबाट प्राप्त हुन्छ । जसको औसत ग्रेड प्रति टन ०.५६ ग्राम सुन हुन्छ।सुन खानीले विकास र उपयोगको लागि आर्थिक सम्भाव्यता मूल्याङ्कन पास गरेको छ । प्राकृतिक स्रोत मन्त्रालयको भूगर्भीय अन्वेषण व्यवस्थापन विभागको खनिज अन्वेषण विभागका निर्देशक झू यिलिनले सुन खानी अन्वेषण परियोजनाको सफलताले चीनको रणनीतिक सुन
काठमाडौं— युकेमा मुख्यालय रहेको गुणवत्तापूर्ण आईटी तथा साइबर सुरक्षा सम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशन तथा ओमान डेटा पार्कबीच क्लाउड ट्रान्सफर्मेसन, कृत्रिम बुद्धिमत्ता (एआइ) समाधान, साइबर सुरक्षा सेवा तथा सफ्टवेयर इन्जिनियरिङको क्षेत्रमा संयुक्त रूपमा काम गर्ने विषयमा एक सहमति भएको छ। सोमबार मस्कटस्थित ओमान डेटा पार्कको मुख्यालयमा आयोजित एक समारोहमा जेनेस सलुशनका संस्थापक तथा सीइओ अञ्जनी फुयाँल र ओमान डेटा पार्क (ओडीपी)का सीइओ मकबुल अल–वाहैबीले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।‘हामीले जेनेस सलुशनसँग क्लाउड कम्प्युटिङ, एआइ, साइबर सुरक्षा र सफ्टवेयर विक
काठमाडौं— हङकङको ताई पोस्थित वाङ फुक कोर्ट हाउजिङ कम्प्लेक्समा लागएको भयानक आगलागीले ४४ जनाको ज्यान लिएको छ । अधिकारीहरूले अहिलेसम्म २७९ व्यक्तिको अवस्थाबारे पुष्टि हुन बाँकी रहेको बताएका छन्।आगो हिजो बिहान पौने ३ बजेतिर शुरू भएको थियो । द्रुतगतिमा फैलिँदै गएपछि आगो स्थानीय प्रशासनले हङकङको सबैभन्दा उच्च तहको ‘लेभल–फाइभ अलार्म’ जारी गर्यो ।घटनामा ४५ जना गम्भीर घाइते भएका छन् र उनीहरूको उपचार भइरहेको छ । आगलागीको कारणबारे अनुसन्धान जारी छ, तर धेरैले चुरोटको ठुटोबाट आगो लाग्ने सम्भावना व्यक्त गरेका छन्।आगो नियन्त्रणमा लिन ८०० भन्दा बढी अग्नि नियन्त्रकहरू १८ घण्टा सम्म खटिएका थिए। प्रह
काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेनेसिस मिसन नामक ठूलो राष्ट्रिय पहल सुरु गरेका छन् । जसको उद्देश्य एआई–समर्थित वैज्ञानिक अनुसन्धानलाई तीव्र बनाउनु र विश्वमै अमेरिकाको प्रविधि नेतृत्वलाई थप मजबुत पार्नु हो ।ह्वाइट हाउसद्वारा जारी विज्ञप्ति अनुसार, यो मिसनले संघीय निकायहरूमा रहेको दशकौँ लगानीबाट संकलित विश्वकै सबैभन्दा ठूलो वैज्ञानिक डाटासेट प्रयोग गरी एकीकृत एआई प्लेटफर्म निर्माण गर्नेछ ।विज्ञप्तिमा भनिएको छ,“जेनेसिस मिसनले संघीय वैज्ञानिक डाटासेटहरूको उपयोग गरी ठूला वैज्ञानिक फाउन्डेशन मोडेल प्रशिक्षण गर्ने, एआई एजेन्ट विकास गर्ने, नयाँ वैज्ञानिक परिकल्पना परीक्षण गर्ने, अनुसन्ध
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.