विदेश

    Showing 271-280 of 1,890 items.
  • पाकिस्तानले भिसा नदिदा बुवालाई भेटन नपाएको इमरान खानका छोराको आरोप

    काठमाडौं— पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक तथा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले आफू र दाजु सुलेमान खानले पाकिस्तान जानका लागि दिएको भिसा आवेदन सरकारले जानाजानी रोकिरहेको आरोप लगाएका छन् ।कासिम र उनका दाजु सुलेमान हाल लन्डनमा आमा जेमिमा गोल्डस्मिथसँग बसोबास गर्दै आएका छन् । बुधबार सामाजिक सञ्जाल एक्समा लेख्दै कासिमले ९१४ दिनदेखि इमरान खानलाई एकान्त कारावासमा राखिएको र स्वास्थ्य अवस्था बिग्रँदै जाँदा पनि स्वतन्त्र चिकित्सकीय उपचारबाट वञ्चित गरिएको दाबी गरेका छन् । उनले आफूहरू बाबुलाई भेट्न पाकिस्तान जान चाहँदा सरकारले भिसा प्रक्रिया नै अघि नबढाएको आरोप लगा

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 476 पटक पढिएको
  • राष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी आज टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किदै छन् ।जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन सोमबार जापान गएका थिए ।भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले आयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागिता जनाउँदै समारोहलाई सम्बोधन गरे ।यसैगरी, टोकियोस्थित इम्पेरियल प्यालेसम

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 494 पटक पढिएको
  • विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्वपूर्णः राष्ट्रपति पौडेल

    टोकियो— राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको धारणा व्यक्त गरेका छन् ।जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलले नेपाली राजदूतावासद्वारा मंगलबार आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।‘आगामी दिनमा यहाँबाट आर्जन गरेको ज्ञान, सीप, पूँजी र प्रविधि स्वदेशमा प्रयोग गरी समुन्नत नेपालको सपना साकार पार्न थप योगदान दिनुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु’, राष्ट्रपति पौडेलले भने ।उनले जापानमा विभिन्न पेशा र क्रियाकलापमा आवद्ध नेपाली समुदायको हित, चासो र सरोकारलाई सम्बोधन गर्न र आ

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 501 पटक पढिएको
  • राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट

    जापान (टोकियो) । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल जापान बीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखिका सम्बन्धहरू अझ निकटता र गहिरो मित्रताका साथ अघि बढिरहेको बताउँदै यो सम्बन्ध र सहयोगलाई सुदृढ गर्न जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहेको बताएका छन् ।जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्री तकाइची सनायले आज गरेको शिष्टाचार भेटका अवसरमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेको हो ।उनले भने, ‘हामीप्रति जापान सरकारको निरन्तर सहयोग, सद्भावना र समझदारीका लागि आभारी छौं, दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सहयोगलाई थप सुदृढ गर्न हामी आगामी दिनमा जापानी नेतृत्वसँग

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 213 पटक पढिएको
  • स्पेनमा रहेका नेपालीको समस्या समाधानका लागि एनआरएनएको आग्रह

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा.बद्री केसीले स्पेनमा रहेका नेपाली नागरिकहरूको पासपोर्टसम्बन्धी समस्या तत्काल समाधान गर्न राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालको ध्यानाकर्षण गराएका छन् ।स्पेन सरकारले कागजातविहीन आप्रवासीलाई कानुनी हैसियत दिने घोषणा गरे पनि नेपाली नागरिकहरूले पासपोर्ट नवीकरण तथा नयाँ पासपोर्ट प्राप्तिमा ढिलाइ र प्राविधिक कठिनाइ भोगिरहेको गुनासो आएपछि अध्यक्ष डा.केसीले यो विषयबारे ध्यानाकर्षण गराएका हुन् ।उनले स्पेन सरकारले कागजातविहीन आप्रवासी श्रमिकलाई अभिलेखीकरणका लागि दिएको अवसर उपयोग गर्न राहदानी विभागले तत्काल घुम्ती राहदानी शिविर पठाउनुपर्ने आव

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 193 पटक पढिएको
  • बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई जग्गा प्रकरणमा १० वर्षको कैद सजाय

    काठमाडौं— बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई जग्गा प्रकरणमा दोषी ठहर गर्दै त्यहाँको अदालतले १० वर्षको कैद सजाय सुनाएको छ । राजधानी ढाकास्थित पुर्बाचल न्यू टाउन सरकारी परियोजनाअन्तर्गत २० कठ्ठा जग्गा अनियमित रूपमा बाँडफाँट गरेको आरोपमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतले कुल १० वर्षको जेल सजाय सुनाएको हो ।ढाका विशेष न्यायाधीश अदालत–४ का न्यायाधीश रोबिउल आलमले सोमबार दुई फरक–फरक मुद्दामा प्रत्येकमा पाँच–पाँच वर्षको सजाय सुनाउँदै कुल १० वर्षको कैद तोकेका हुन् । उही मुद्दामा शेख हसिनाकी बहिनी शेख रेहानाकी छोरी तथा बेलायती सांसद टुलिप रिजवाना सिद्दिकलाई प्रत्येक मुद्दामा दुई–दुई वर्ष गर

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 475 पटक पढिएको
  • कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव द्विपक्षीय सम्बन्धको कोशेढुङ्गाः राष्ट्रपति

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव हाम्रो द्विपक्षीय सम्बन्धको एक कोशेढुङ्गा भएको बताएका छन् ।उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहेको र नेपालको विकास प्रक्रियामा जापानले महत्वपूर्ण भूमिका खेलेको बताएका हुन् ।जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलसँग जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओले आज यहाँ गर्नुभएको शिष्टाचार भेटका अवसरमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरे । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 461 पटक पढिएको
  • नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ठ साझेदारी निर्माण गर्न चाहन्छः राष्ट्रपति

    जापान—  राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आव्हान गरेका छन् । उनले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका लागि हरसम्भव सहयोग प्रदान गर्न नेपाल सरकार कटिवद्ध रहेको विश्वास व्यक्त गरेका हुन् ।नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा आज आयोजित जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो आव्हान गरे । उनले नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ठ साझेदारी निर्माण गर्न चाहेको समेत बताए ।‘हामीले लगानीमा आकर्षक प्रतिफलका

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 433 पटक पढिएको
  • सामुदायिक क्याम्पसका शिक्षकको स्तर निर्धारण छिट्टै हुन्छः उपकुलपति अर्याल

    काठमाडौं— त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले सामुदायिक क्याम्पसमा अध्यापनरत शिक्षक–शिक्षिकाको स्तर निर्धारण प्रक्रिया छिट्टै अघि बढाइने बताएका छन् ।पशुपति बहुमुखी क्याम्पसको ४६औँ वार्षिकोत्सव समारोहमा बोल्दै उपकुलपति अर्यालले सामुदायिक क्याम्पसका शिक्षकको स्तर निर्धारणसम्बन्धी विषय सिनेटबाट पारित भइसकेको जानकारी दिए ।‘म उपकुलपति भइसकेपछि शिक्षक–शिक्षिकाको स्तर निर्धारणका लागि आवश्यक प्रक्रिया सिनेटबाट पारित गरिसकेका छौं,’ उनले भने, ‘अब छिट्टै समिति गठन गरेर कसरी कार्यान्वयन गर्ने भन्ने निर्णय गरिनेछ । यसमा विश्वविद्यालय प्रशासन क्याम्पसहरूको साथमा रहनेछ ।’उनले कलेज नवीकरण

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 429 पटक पढिएको
  • इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कूटनीतिक सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका छन् । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले अमेरिकाले युद्ध सुरु गरे त्यसले ‘क्षेत्रीय युद्ध’को रूप लिने चेतावनी दिएको केही घण्टापछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो ।फ्लोरिडास्थित आफ्नो निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले मध्यपूर्व क्षेत्रमा अमेरिकाले शक्तिशाली सैन्य साधन तैनाथ गरे पनि आफ्नो प्राथमिकता कूटनीतिक समाधान नै रहेको स्पष्ट पारे । उनले सम्झौता नभए खामेनेईको चेतावनी सही थियो कि थिएन भन्ने कुरा स्पष्ट हुने बताए ।“हाम्रा विश्वकै सबैभन्दा शक्तिशाली जहाजहरू त्यहाँ नजि

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 410 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.