विदेश

    Showing ४६१-४७० of २,१३३ items.
  • हर्मुज जलमार्गमा जहाज सुरक्षाका लागि अन्तर्राष्ट्रिय गठबन्धन बनाउन ट्रम्पको पहल

    काठमाडौं—  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा बढ्दो तनावका बीच हर्मुज जलमार्ग हुँदै पासहुने जहाजहरूको सुरक्षाका लागि विभिन्न देशलाई समेटेर अन्तर्राष्ट्रिय गठबन्धन बनाउन पहल गरेका छन् ।उनले हर्मुज जलमार्ग हुँदै तेल आयातमा अत्यधिक निर्भर रहेका करिब सात देशलाई जहाज सुरक्षाका लागि संयुक्त प्रयासमा सहभागी हुन आग्रह गरेको बताएका छन् । राष्ट्रपति ट्रम्पले आइतबार दिएको अभिव्यक्तिमा ती देशहरूको नाम भने खुलाएका छैनन् । उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै विश्वका धेरै मुलुकले तेल आपूर्ति गर्ने प्रमुख मार्ग भएकाले हर्मुज मार्गको सुरक्षा सम्बन्धित देशहरूले नै सुनिश्चित गर्नुपर्ने र त्

    • प्रकाशित मितिः चैत २, २०८२
    • ५०६ पटक पढिएको
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज खुला राख्न विभिन्न देशलाई युद्धपोत पठाउन आह्वान गरेपछि भारतले भने इरानसँग प्रत्यक्ष वार्तामा जोड दिएको छ ।भारतका विदेश मन्त्री एस। जयशंकरले आइतबार प्रकाशित फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा समस्या समाधानको उत्तम उपाय कूटनीतिक छलफल नै भएकोमा जोड दिएका हुन् ।स्ट्रेट अफ होर्मुज (जलडमरूमध्य)बाट पानीजहाज सुरक्षित तरिकाले आवागमन जारी राख्न भारतले इरानसँग प्रत्यक्ष वार्ता गरिरहेको र त्यसबाट सकारात्मक परिणाम पनि देखिएको उनले बताएका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजबाट इन्धन बोकेका जहाज आउ–जाऊ गर्ने वातावरण

    • प्रकाशित मितिः चैत २, २०८२
    • ५४१ पटक पढिएको
  • ओडिशाको एससीबी अस्पतालमा आगो लाग्दा १० जनाको मृत्यु

    काठमाडौं— भारतको ओडिशामा एक अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । कटकस्थित एससीबी मेडिकल कलेज एन्ड हस्पिटलमा आगलागी हुँदा १० जनाको मृत्यु भएको हो ।मुख्यमन्त्री मोहन चरण माझीले आगलागीबाट भएको क्षतिको पुष्टि गरेका छन् । ‘एससीबी मेडिकल कलेजबाट ट्रमा केयर सेन्टरमा सम्भवतः शर्ट सर्किटका कारण आगो लाग्यो । ट्रमामा रहेको आईसीयूमा २३ बिरामी भर्ना थिए ।’मुख्यमन्त्री माझीले घटनाको न्यायिक जाँचको आदेश दिएका छन् । उनले घटनामा स०लग्नलाई कडा कारबाही गरिने पनि बताएका छन् ।

    • प्रकाशित मितिः चैत २, २०८२
    • ४७९ पटक पढिएको
  • ड्रोन आक्रमणपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

    काठमाडौं— दुबई अन्तर्राष्ट्रिय विमानस्थल सोमबार बिहान अस्थायी रूपमा बन्द गरिएको छ। विमानस्थल नजिकै भएको ड्रोन आक्रमणपछि यात्रु तथा कर्मचारीहरूको सुरक्षालाई ध्यानमा राख्दै उडान सेवा स्थगित गरिएको हो।ड्रोन प्रहारका कारण नजिकै रहेको इन्धन ट्याङ्कीमा भीषण आगलागी भएको बताइएको छ। ठूलो आवाजसँगै आगोको ज्वाला देखिएपछि त्यहाँ रहेका यात्रु र कर्मचारीहरूबीच केही समय त्रास फैलिएको थियो।दुबई नागरिक उड्डयन प्राधिकरणका अनुसार सुरक्षात्मक सावधानीका रूपमा सबै उडानहरू अस्थायी रूपमा निलम्बन गरिएको हो। प्राविधिक तथा सुरक्षा जाँच पूरा भएपछि मात्र उडान सेवा पुनः सञ्चालन गरिने बताइएको छ।त्यसैगरीदुबई मिडिया कार्यालयले

    • प्रकाशित मितिः चैत २, २०८२
    • ५३२ पटक पढिएको
  • नेपालीसहित १० जनालाई २ लाख अमेरिकी डलरको सजायसहित २ वर्ष जेल पठाउँदै युएई

    काठमाडौं— मध्यपूर्वमा जारी तनावसम्बन्धी एआई प्रयोग गरेर भ्रामक सामग्री फैलाएको आरोपमा संयुक्त अरब इमिरेट्स (यूएई) मा १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना नेपाली नागरिक पनि रहेका छन्।गल्फन्युजका अनुसार सामाजिक सञ्जालमा झुटा तथा भ्रामक भिडिओ क्लिप सार्वजनिक गरेको आरोपमा युएईका महान्यायाधिवक्ता Hamad Saif Al Shamsi ले उनीहरूलाई पक्राउ गर्न आदेश दिएका हुन्।पक्राउ परेकामध्ये एक नेपालीको आँखा छोपिएको तस्वीर सार्वजनिक गरिएको भए पनि अन्य विवरण खुलाइएको छैन।अधिकारीहरूका अनुसार ती व्यक्तिहरूले क्षेत्रीय घटनाक्रमको फाइदा उठाउँदै एआईमार्फत नक्कली भिडियो बनाएर जनतालाई भ्रमित पार्ने प्र

    • प्रकाशित मितिः चैत १, २०८२
    • ५१२ पटक पढिएको
  • इरानलाई लक्षित सैन्य कारबाहीको विरुद्ध रोममा प्रदर्शन

    एजेन्सी— इरानलाई लक्षित गर्दै अमेरिका र इजरायलले गरेको सैन्य कारबाहीको विरुद्ध शनिबार इटालीको राजधानी रोममा ट्रेड युनियन र सामाजिक समूहहरूले विरोध गरेका छन् ।प्रदर्शनकारीहरूले मध्यपूर्वमा बढ्दो तनावले यस क्षेत्रलाई अझ अस्थिर बनाउने र विश्वव्यापी तनाव बढाउने जोखिम रहेको बताएका छन्।शनिबारको र्याली इरानमाथिको हमलाको विरोधमा इटालीको राजधानीमा हालै भएका सबैभन्दा ठूला प्रदर्शनहरूमध्ये एक थियो।प्रदर्शनकारीहरूले युरोपेली देशहरूले नयाँ सैन्य टकरावमा फस्नबाट जोगिनुपर्ने र क्षेत्रीय तनाव कम गर्न कूटनीति र संवादलाई जोड दिनुपर्ने बताए।‘प्यालेस्टाइनमा नरसंहार अझै पनि जारी छ। भेनेजुएलामाथि आक्रमण भएको छ। र अ

    • प्रकाशित मितिः चैत १, २०८२
    • ५३६ पटक पढिएको
  • अमेरिकी बमबारीमा इरानको खार्ग टापुका सैन्य केन्द्र पूर्ण रूपमा नष्ट भएको ट्रम्पको दाबी

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सामाजिक सञ्जाल टुथ सोसल मार्फत इरानको खार्ग टापुमा भएका सबै सैन्य लक्ष्यहरू ‘पूर्ण रूपमा नष्ट’ भएको बताएका छन् ।उनले लेखेका छन,‘अहिले केही क्षणअघि मेरो निर्देशनमा, अमेरिकी सेन्ट्रल कमाण्डले मध्यपूर्वको इतिहासकै एक शक्तिशाली बमबारी सञ्चालन ग¥यो र इरानको क्राउन ज्वेल, खार्ग टापुमा रहेका सबै सैन्य लक्ष्यहरू पूर्ण रूपमा नष्ट गरियो ।’राष्ट्रपतिले थपे,‘मैले टापुमा रहेको तेल पूर्वाधार नष्ट नगर्ने निर्णय गरेको छु । तर यदि इरान वा अरू कसैले हर्मुज स्ट्रेटमार्फत जहाजहरूको स्वतन्त्र र सुरक्षित मार्गमा हस्तक्षेप गर्ने प्रयास गर्यो भने म यो निर्णय तत्क

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • ४८७ पटक पढिएको
  • नेपाली खेलाडीहरु धेरै क्षमतावान छन्ः नवनियुक्त प्रशिक्षक एरेना

    काठमाडौं— स्वीट्जरल्यान्डका गुग्लिएल्मो एरेना नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।उनी नियुक्त भएपछि सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा प्रशिक्षक एरेनासँग ‘मिट एन्ड ग्रीट’ कार्यक्रममा बोल्दै एरेना आफू नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुन पाउँदा खुसी लागेको बताए ।उनले भने, ‘म नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुन पाउँदा एकदमै खुसी भएको छु । मेरो लक्ष्य भनेको राष्ट्रिय टिमलाई साफ च्याम्पियनसिप जिताउने नै हो । म सन् २०२६ सम्म टिमको जिम्मेवारीमा रहनेछु । विगतका दिनहरूमा भएका कमजोरी र ग

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • ५३३ पटक पढिएको
  • अमेरिकासँगको वार्ताका लागि चिनियाँ उपप्रधानमन्त्री फ्रान्स जाँदै

    काठमाडौं— चीन र अमेरिकाबीच आर्थिक तथा व्यापारिक मुद्दामा उच्चस्तरीय संवाद अघि बढाउने प्रयासस्वरूप चीनका उपप्रधानमन्त्री हे लिफेङ शनिबार फ्रान्सतर्फ प्रस्थान गर्ने भएका छन् ।पेरिसमा हुने वार्तालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने सम्भावित शिखर भेटवार्ताअघि महत्त्वपूर्ण तयारीका रूपमा हेरिएको छ । बेइजिङका अनुसार हे लिफेङले मार्च १४ देखि १७ सम्म फ्रान्समा अमेरिकी प्रतिनिधिमण्डलसँग आर्थिक तथा व्यापारिक परामर्शका लागि चिनियाँ टोलीको नेतृत्व गर्नेछन् ।चीनको वाणिज्य मन्त्रालयका एक प्रवक्ताले शुक्रबार जारी गरेको विज्ञप्तिमा चीन र अमेरिकाबीच भएको सहमतिअनुसार उक्त

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • ५४७ पटक पढिएको
  • इरान २०२६ को विश्वकपमा सहभागी नुहने

    काठमाडौं— इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ ।इरानका खेलकुद मन्त्री अहमद दुनियामालीले अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुन लागेको २०२६ को विश्वकपमा आफ्नो देश सहभागी हुन सक्ने अवस्थामा नरहेको बताएका हुन्।पछिल्लो समय अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण र इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्युपछि इरानको सहभागिता अन्योलमा परेको हो।यता फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेट गरेपछि ट्रम्पले इरानलाई विश्वकपमा स्वागत छ भनेको बताएका थिए।इरानी मन्त्री दुनियामालीले अन्तर्वार्ता दिँदै आफ्नो देशको नेताक

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • ४४७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.