विदेश

    Showing 741-750 of 1,587 items.
  • रुस–युक्रेन युद्ध : १ लाख रुसी सेना मृत वा घाइते भएको अमेरिकी दाबी

    एजेन्सी / युक्रेनमा १ लाखभन्दा बढी रुसी सैन्य कर्मचारीहरू मारिएका वा घाइते भएका र किभका सेनाहरूले पनि त्यस्तै क्षति भोग्नु परेका शीर्ष अमेरिकी जनरल मार्क मिलेले दाबी गरेका छन् । ‘तपाईंले १ लाख रुसी सैनिकहरू मारिएका र घाइते भएकाहरूलाई राम्ररी हेर्दै हुनुहुन्छ’, मिलीले न्यूयोर्कको इकोनोमिक क्लबमा भने ।मिलेले उपलब्ध गराएको तथ्यांक (जसको स्वतन्त्र पुष्टि हुन बाँकी छ) ले संयुक्त राज्य अमेरिकाको सरकारबाट युद्धको आठ महिनाभन्दा बढी समयसम्मको ठूलो मानवीय क्षति देखाउँछ ।मिलीले युद्ध अन्त्य गर्ने विषयमा वार्ताको सम्भावना रहेको पनि बताए । रसिया वा युक्रेनका लागि सैन्य विजय सम्भव नहुन उनको भनाइ छ ।‘त्

    • प्रकाशित मितिः कार्तिक २४, २०७९
    • 123 पटक पढिएको
  • गोली लागेर घाइते भएका इमरान खान अस्पतालबाट डिस्चार्ज

    एजेन्सी / पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अस्पतालबाट डिस्चार्ज भएका छन् । बिहीबार एक चुनावी र्‍यालीमा गोली लागेर घाइते भएका ७० वर्षीय खान उपचारपछि डिस्चार्ज भएका हुन् । उनको खुट्टामा गोली लागेको थियो ।पूर्वसूचना मन्त्री फवाद चौधरीले खानलाई डिस्चार्ज गरिएको बताएका छन् । गत अप्रिलमा सत्ताच्युत भएसँगै राजनीतिक सरगर्मी बढेको पाकिस्तानमा उनीमाथि गोली प्रहार भएपछि थप अस्थिरता बढ्ने संकेत गरिएको छ ।

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 120 पटक पढिएको
  • ४३ जना सवार विमान तालमा खस्दा १९ जनाको मृत्यु

    एजेन्सी / ४३ जना यात्रु सवार विमान तालमा खस्दा १९ जनाको मृत्यु भएको छ । तान्जानियामा एक यात्रुवाहक विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको हो । प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा दुर्घटना भएको बीबीसीले जनाएको छ । स्थानीयवासी र माझीहरुले डुंगाको सहायतामा यात्रुहरुलाई उद्धार गरेका थिए ।उक्त विमान दारेसलामबाट बुकोबाका लागि उडेको थियो । विमान दुर्घटनाको कारण खुलेको छैन । यद्यपि दुर्घटनाको कारण खराब मौसम भनिएको छ । भिक्टोरिया ताल बुकोबा विमानस्थलको नजिकै छ । अफ्रिकाको सबैभन्दा ठूलो ताल पनि हो । राष्ट्रपति सामिया सुलुहु हसनले घटनाप्रति शोक व्यक्त गर्दै घाइतेको उपचारमा तीव्रता दिन न

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 137 पटक पढिएको
  • संयुक्त अरब इमिरेट्समा भेटियो इसाई धर्माबलम्बीहरूको वर्षौ पुरानो मठ (भिडियाे रिर्पाेटसहित)

    एजेन्सी / संयुक्त अरब इमिरेट्स (युएइ) मा एक वर्षौ पुरानो इसाई मठ फेला परेको छ, जुन इस्लामको उदय र पैगम्बर मुहम्मदको जन्म भन्दा पहिलेको भनिन्छ । डेली मेलको रिपोर्टका अनुसार यो मठ १४०० वर्षअघि निर्माण गरिएको हो । मठको अवशेषहरूमा गलियारा आकारको चर्चको आकार फेला परेको थियो । थप रूपमा त्यहाँ बप्तिस्माको लागि छुट्टै कोठाहरू र धेरै कोठाहरूको अवशेषहरू थिए जुन प्राय: चर्च समारोहहरूको लागि वेफर र रोटी बनाउन प्रयोग गरिन्छ । यससँगै त्यहाँ धेरै साना कोठाहरू पनि थिए जसलाई क्रिश्चियन धर्मका पुजारीहरूले एकान्तमा समय बिताउन र भगवानको ध्यान गर्न प्रयोग गर्छन् ।रिपोर्टका अनुसार यो खोजले फारसको खाडी वरपर इसाई धर्

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 145 पटक पढिएको
  • टेस्लाका ५० कर्मचारीहरू ट्विटरमा

    एजेन्सी / सीएनबीसीको एक रिपोर्ट अनुसार ट्विटरका निर्देशक तथा सीईओ एलन मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीहरूलाई सामाजिक सञ्जालमा काम गर्न अख्तियार प्रदान गरेका छन्। यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश छन्। मस्कले यही अक्टोबर २८ मा ट्विटरको ४४ बिलियन डलरको अधिग्रहण पूरा गरेका थिए। पछिल्लो अधिग्रहणसँगै अर्बपति मस्कले सामाजिक सञ्जाल कम्पनीलाई आफूले प्रमुख वा सह–स्थापना गरेका कम्पनीहरूको सूचीमा थपेका छन् ।उनले ट्विटरमा तानेका अन्य कम्पनीका कर्मचारीहरूमा टेस्लाका सफ्टवेयर विकास निर्देशक अशोक इल्लुस्वामी, अटोपाइलट र टेस्लाबोट इन्जिनियरिङका निर्देशक मिलन कोभाक, सफ्टवेयर इन्जिनियरिङका व

    • प्रकाशित मितिः कार्तिक १६, २०७९
    • 114 पटक पढिएको
  • गुजरातमा झोलुङ्गे पुल चुँडिदा १३७ जनाको मृत्यु

    एजेन्सी / भारतको गुजरातमा झोलुङ्गे पुल चुँडिदा १३७ जनाको मृत्यु भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।  आइतबार साँझ मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पुल चुँडिएको हो । घटनामा १३७ जनाको मृत्यु भएको र १०० जना घाइते भएका छन् । समाचार अनुसार अझै ५० जना जति सम्पर्कमा छैनन् । सुरक्षाकर्मीहरूले खोज तथा उद्धारको काम जारी राखेका छन् । भारतीय वायु सेनाका जवानहरूलाई पनि घटनास्थलमा परिचालन गरिएको छ ।गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले अस्पताल पुगेर घाइतेसँग भेटघाट गरेका छन् । उनले समीक्षा बैठक बोलाएर घटनाको अनुसन्धानका लागि पाँच सदस्यीय समिति गठन गरेका छन् । राष्ट्रपति द्रौपदी मुर्

    • प्रकाशित मितिः कार्तिक १४, २०७९
    • 144 पटक पढिएको
  • अमेरिकामा विद्यालयमा हुने हिंसाका घटना बढ्दै

    एजेन्सी / संयुक्त राज्य अमेरिकामा विद्यालयमा हुने गरेका हिंसाका घटना सन् २०२२ मा झन् धेरै भएका छन् । अष्ट्रेलियाको एक संस्थाले गरेको अनुसन्धानबाट सो तथ्य पाइएको हो ।सो अनुसन्धानका अनुसार अमेरिकामा पहिलेका वर्षहरूका तुलनामा यस वर्ष दुई महिना बाँकी छँदै विद्यालयमा बन्दुक आक्रमणका घटना बढी देखिएको हो ।सन् २०२१ अमेरिकी इतिहासमै सबैभन्दा धेरै यस्ता हिंसाका घट्ना भएको वर्ष भनिएकामा सन् २०२२ का दुई महिना बाँकी छँदै अहिले नै दुई सय ५७ वटा घटना यसवर्ष मात्र भएको पाइएको समाचारमा जनाइएको छ ।सन् २०२१ मा यहाँका विद्यालय तथा विश्वविद्यालयमा यस्ता घटना दुई सय ५० वटा भएका थिए । ती घटनाका तुलनामा अहिले बढेको अ

    • प्रकाशित मितिः कार्तिक ११, २०७९
    • 121 पटक पढिएको
  • अमेरिकामा गोली चल्दा तीन जनाको मृत्यु

    एजेन्सी  / अमेरिकाको मिजुरी राज्यमा बन्दुकधारीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । प्रहरीले गोली हानेर एकजना संदिग्ध व्यक्तिको हत्या गरेको सञ्चारमाध्यमले जनाएका छन् । मारिनेमा एक वयस्क महिला र एक किशोरी रहेको बताइएको छ । उक्त घटना सेन्ट्रल भिजुअल एण्ड परफर्मिङ आर्टस् हाई स्कूलमा भएको थियो ।गोली प्रहार गर्नेलाई प्रहरीले विद्यालयभित्रै गोली हानेको प्रहरी कमिश्नर माइक साकले बताए ।

    • प्रकाशित मितिः कार्तिक ८, २०७९
    • 96 पटक पढिएको
  • चिनियां राष्ट्रपति सी जिनपिङ तेस्रो पटक महासचिव चयन

    एजेन्सी  / चिनियां राष्ट्रपति सी जिनपिङ तेस्रो पटक महासचिव चयन भएका छन् । बेइजिङमा सम्पन्न भएको चिनियां कम्युनिष्ट पार्टी (सीपीसी) को २० औं महाधिवेशनमा जिनपिङ तेस्रो पटक महासचिव चयन भएका हुन् ।बेइजिङमा शनिवार सम्पन्न भएको महाधिवेशनमा २ सय ५ सदस्यीय केन्द्रीय समिति र १ सय ७१ सदस्यीय वैकल्पिक केन्द्रीय समिति घोषणा भएको थियो ।चीनमा २०१८ मा दुई कार्यकाल राष्ट्रपति हुन पाउने नियम हटाइएको थियो । पार्टी महासचिवमा निर्वाचित भएसँगै जिनपिङले अरु पाँच वर्षको चीनको नेतृत्व गर्ने निश्चित भएको छ ।चीनमा २०१२ मा पार्टी महासचिव र २०१३ राष्ट्रपति बनेका सी जिनपिङ तेस्रो कार्यकालका लागि महासचिव बनेसँगै सर्वो

    • प्रकाशित मितिः कार्तिक ६, २०७९
    • 133 पटक पढिएको
  • एम्बुलेन्स विस्फोट हुँदा पाँच चिकित्सकको मृत्यु

    एजेन्सी / दक्षिणी यमनमा सेनाको चिकित्सक टोली बोकेको एम्बुलेन्समा विस्फोट भएको छ । विस्फोटमा परी पाँच चिकित्सकको मृत्यु भएको छ। अब्यान प्रान्तमा दक्षिणी सरकार समर्थक यमनी सेनाको चिकित्सक टोली बोकेको एम्बुलेन्स विस्फोट भएको सुरक्षा अधिकारीले बताएका छन्। अब्यानमा आतंकवादी पत्ता लगाउने उद्देश्यले सरकार समर्थक सैन्य अभियानमा बाधा पुर्‍याउने प्रयासमा आतङ्कवादीले विभिन्न क्षेत्रहरूमा बम राखेको सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ । घटनाको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन। 

    • प्रकाशित मितिः कार्तिक ६, २०७९
    • 114 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा