प्यूठान / प्युठानमा हेमन्त पुनमगरको हत्याको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपानेका १७ र १५ वर्षका बालक र मल्लारानी गाउँपालिका वडा नम्बर ३ धनुबाँसका –१८ वर्षीय रेमबहादुर घर्ती रहेका छन् ।
प्यूठान नगरपालिका –१० नेपानेमा गत सोमबार बिहान हेमन्त भन्ने नरेन्द्र मृत र उनका साथी सुरेश बस्नेत गम्भीर घाइते अवस्थामा फेला परेका थिए।
हेमन्तको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।






































