जितपुर / सिमरा उपमहानगरपालिका - २१ को अमलेखगञ्ज सडकबाट ३० लाख बराबरको मोबाइल सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बारा कोल्वी नगरपालिका -४ बस्ने पदमबहादुर घिमिरेलाई सिमरा प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश २ - ०३०००१ च १४३ नम्बरको बोलेरोबाट भन्सार छलेर ल्याइएका विभिन्न कम्पनीका १५ सय २० थान मोबाइल बरामद गरेको इलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ।

मोबाइल र गाडीको आवश्यक कागजपत्र नभएकाले घिमिरेलाई भन्सार कार्यालयमा बुझाउने तयारी भएको सिमराका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिएका छन् ।