सर्लाही / चक्कु प्रहार गरि हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

ईश्वरपुर नगरपालिका-४ सागरनाथ बस्ने ३५ वर्षीय कृष्णबहादुर स्यङ्बोको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा सोही ठाउँका ५८ वर्षीय पाल दोर्जे स्याङ्तानलाई मंगलबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

पुरानो विवादका कारण दोर्जेले कृष्णबहादुरमाथि चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट गम्भीर घाइते भएका कृष्णबहादुरलाई उपचारकोलागि जनकपुर लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरी चौकी फुल्जोर र ईलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीले स्याङ्तानलाई पक्राउ गरेको थियो। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ