रौतहट //रौतहट बाट ९ जना जुवाडे पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा गरुडा नगरपालिका–४ स्थितमा बस्ने २५ वर्षीय रामशरण चौरसिया, २४ वर्षीय जय प्रकाश साह, २६ वर्षीय अशोक चौधरी, ३६ वर्षीय हरिष जयसवाल, २२ वर्षीय मुकेश साह, २७ वर्षीय रोहित जयसवाल रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
त्यसैगरी सोही वडाको जयनगर टोलका ३० वर्षीय जंग बहादुर यादव, २३ वर्षीय उमेश राय र ४२ वर्षीय उपेन्द्र राउत छन् ।
चन्द्रपुर नगरपालिका -४ स्थित अशोका होटलमा जुवा खेलिरहेको भन्ने सुचना प्राप्त भएपछी पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुले खेलेको खालबाट खुल्ला तासको पत्ती ४ सय १२ थान, वाइल्ड किङ लेखिएको रातो निलो रंगको सिल प्याक तास ८ बुक र नगद २ लाख ७९ हजार ६ सय ९० रुपैया बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सिद्धि बिक्रम शाहले जानकारी गराएका छन् ।






































