झापा // सशस्त्र प्रहरीले भारतीय सुर्ती (बाबा खैनी) बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भद्रपुरका सशस्त्र प्रहरी निरीक्षक बिभुराज दाहालको नेतृत्वमा खटिएको टोलीले ८० हजार मूल्य बराबरको भारतीय सुर्ती बरामद गरेको हो।
१०३/२ नम्बर सीमा पिलर नजिकैबाट तस्करहरुले सुर्ती भित्र्याई रहेका छन् भन्ने विशेष सूचनाको आधारमा खटिएको टोलीले आठ बोरा बाबा खैनी बरामद गरेको झापाका डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी गराएका छन्।
नेपाली बजारमा बाबा खैनीको माग बढ्दो रहेकोले कारोबारीले तस्करी माध्यमबाट खैनी भित्राइरहेका हुन् ।
बरामद गरिएको खैनीलाई भद्रपुर भन्सार कार्यालय बुझाएको बताइएको छ।






































