रौतहट //जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा यमूनामाई गाउँपालिका - १ का  ४२ वर्षीय   विनय राउत कुर्मी रहेका छन्।

गौर नगरपालिका -७  का २२ वर्षीय सुधिर कुमार झालाई प्रलोभन र गफलतमा पारी आफ्नो प्रहरीमा राम्रो सम्पर्क रहेको भन्दै भगौडा प्रहरीको खाली ठाउँमा जागरी लगाईदिने ,सो नभए विदेशमा राम्रो काममा पठाई दिने भन्दै ठगि गरेको उनीमाथि आरोप छ।

उनले विभिन्न मानिसलाई समेत झुठो प्रलोभनमा पारेर ७ लाख ५५ हजार ठगी गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले बताएको छ।

सुधिर कुमारले दिएको जाहेरीको आधारमा  यमूनामाई गाउँपालिका - १ सुकदेवचौक स्थितबाट उनलाई पक्राउ गरिएको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।