झापा //कोभिडका -१९ कारण विगत १७ महिनादेखी बन्द रहेको झापाको लसुना सीमा नाका खुलाउन स्थानीयबासीले माग गरेका छन्।
नेपाल- भारतको सीमा नाका खुलाउन माग गर्दै लसुना बोर्डरमा रहेको छोटी भन्सार कार्यालय अगाडि शान्तीपूर्ण वातारणमा विभिन्न नारा लगाएका हुन् ।
लसुना सीमा नाका खोल्न माग गर्दै स्थानीयवासी, व्यवसायी र यातायत चालक, कृषक समुह र र सुनगंज युवा परिवार लगायतले झापा गाउँपालिकाको स्थानीय सरकारलाई ज्ञापनपत्र समेत बुझाएका छन्।
मुख्य नाकाबाट नेपाल -भारत आवतजावत गर्न दिंदा कोरोना सर्ने तर बोर्डरकै विभिन्न साईडबाट आवतजावत गर्न दिंदा कोरोना नसर्ने कस्तो नियम ?भन्दै स्थानीय बासिन्दा कुमार गणेशले प्रश्न गरेका थिए।
“बन्द कसको लागि हो हामी जस्ता सर्वसाधारण जनताको लागि मात्र हो ? उनले थपे।मानिसहरु बोर्डरको विभिन्न साईडबाट धानखेत ,खोल्साखोल्सी हुँदै ज्यानको जोखिम मोलेर वारीपारी गर्नुपर्ने बाध्यता रहेको उनले बताएका छन्।
त्यसैगरी युवा परिवारका अध्यक्ष अभिराम यादवले पनि मानिसहरु अब कोरोनाले होईन खाना नपाएर मर्ने बताएका छन्।
नेपाल र भारतको रोटी र बेटीको सम्बन्ध भएकोले यथाशिघ्र नेपाल तर्फको सम्पुर्ण नाकाहरु स्वास्थ्य मापदण्ड अपनाएर खुलाउन सरकारसँग उनले जोडदार माग समेत गरेका छन् ।






































