काठमाडौं /  विश्वकप २०२२ मा छनोट हुने राष्ट्रको संख्या २० पुगेको छ ,भने अब १२ देश छानिन बाँकी छन् । कतारमा हुने विश्वकपमा क्यानडा ३६ वर्षपछि विश्वकपमा स्थान बनाउन सफल भएको छ । 

गएराति घरेलु मैदानमा भएको खेलमा जमैकालाई ४-० गोल अन्तरले हराउँदै क्यानडा विश्वकपमा सूची  बनाउन सफल भएको हो ।

क्यानडासँगै विश्वकपमा छनोट हुने देशको संख्या २० पुगेको हो । यो हप्ता उरुग्वे, इक्वेडर, जापान र साउदी अरेबिया पनि विश्वकपका लागि छनोट भएका थिए ।

यता उरुग्वे र इक्वेडर दक्षिण अमेरिका तथा जापान र साउदी अरेबिया एसियाबाट छनोट भएका हुन् ।


३२ देश सहभागी हुने विश्वकपमा एसियाली राष्ट्र कतार भने आयोजकको रूपमा सन् २०१० मै खेल्ने  निणर्य भइसकेको छ । 

अब बाँकी ३१ देशमा युरोपबाट १३, एसियाबाट चार वा पाँच, अफ्रिकाबाट पाँच, दक्षिण अमेरिकाबाट चार वा पाँच, उत्तर, मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट तीन वा चार र ओसियानाबाट शून्य वा एक टोली छनोट हुन्छन् ।

यसैगरी, एसियाबाट आयोजक कतार, इरान, दक्षिण कोरिया जापान र साउदी अरेबिया छनोट भएका छन् ।

अहिलेसम्म ब्राजिलले पाँच, जर्मनी र इटालीले चार-चार, अर्जेन्टिना, फ्रान्स र उरुग्वेले दुई-दुई तथा स्पेन र इङ्ल्याण्डले एक-एकपटक विश्वकपको उपाधि  हात पारेका छन् 

विश्वकपमा छानिएका २० देशहरूको 

१. कतार
२. ब्राजिल
३. जर्मनी
४ .डेनमार्क
५. फ्रान्स
६. बेल्जियम
७. क्रोएसिया
८. स्पेन
९. सर्बिया
१०. इंग्ल्यान्ड
११. स्विट्जरल्याण्ड
१२. नेदरल्याण्ड्स
१३. अर्जेन्टिना
१४. इरान
१५.दक्षिण कोरिया
१६. जापान
१७. साउदी अरेबिया
१८. इक्वेडर
१९. उरुग्वे
२०. क्यानडा