बिर्तामोड / झापाको भद्रपुरस्थित मेची अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गरी  ‘सेन्टर फर एक्सिलेन्स’ का रुपमा विकास गरिने भएको छ । 

प्रदेश नम्बर १ का प्रमुख परशुराम खापुङले आर्थिक वर्ष २०७९ ८० का लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम पेस गर्दै मेची अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गरी  ‘सेन्टर फर एक्सिलेन्स’ का रुपमा विकास गर्ने बताएका हुन् । 

त्यस्तै उनले झापाको कमल गाउँपालिकाको लखनपुरमा ५० शैयाको प्रादेशिक आयुर्वेद अस्पताल यसै आर्थिक वर्षदेखि सञ्चालनमा ल्याउने समेत बताएका छन् । 

नीति तथा कार्यक्रमको पूर्णपाठः