काठमाडौँ । चाँगुनारायणको परदेश यात्रामा निस्केका साँखुस्थित शालीनदी माधवनारायणको एकमहिने व्रत गरिरहेका व्रतालु स्नान, पूजा आराधना गरी आज बेलुकी फेरि साँखुमै फर्किएका छन् ।
प्रत्येक वर्ष माघशुक्ल द्वादशीका दिन व्रतालुले चाँगुनारायण मन्दिरमुनिको जङ्गलमा रहेको पोखरीमा स्नान गरी साँखुबाट बोकेर लगिएका माधवनारायणको पूजा आराधना गर्ने परम्परा छ । यसका लागि माघशुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायणको यात्रा गर्ने व्रतविधि छ । माघशुक्ल एकादशीको रात व्रतालु चाँगुनारायणमा नै बास बसेका थिए ।