झापा । झापाका विभिन्न नाका प्रयोग गरि तस्करी हुदा सिमा सुरक्षामा खटिएको शसस्त्र प्रहरी बेखबर रहेको छ। त्यस्तै जनपथ प्रहरी र रास्ट्रीय अनुसन्धान पनि गुमनाम रहेको छन।
अहिले झापा र इलाममा प्रहरीले उठाउने राजस्व समेत गिरावट आएको छ। महिनौ देखि सामान बरामत लगभग शुन्यमा झरेको छ। झापा र इलामको विभिन्न नाकाबाट गाइगोरु तस्करी बडेको छ। झापाको दमक बजार, घैलाडुबा, दामुना, धुलाबारी बजार, इलामको पशुपती मानेभन्ज्याङ रोडमा ट्रक का ट्रक गाइगोरु झारी झापाको नकलबन्दा, ज्यामिरगडी, भद्रपुर, केचना, घेराबारी, गौरिगन्ज र इलामको जौबारी, मानेभन्ज्याङ सिमाना, कालपोखरिबाट दैनिक हजारौको सन्ख्यामा गाइगोरु भारत तर्फ तस्करी हुदा प्रशासन मौन बसेको छ। बिभिन्न समयमा सन्चार माध्यममा समाचार आउदा समेत गाइगोरु तस्करी नरोकिनुले प्रशासनको माथिसम्म मिलेमहतो छ भन्नेमा दुइमत रहेन।
नवलपरासीबाट झापा हुँदै भारततिर गोरु लाने गरिएको एक स्थानीयले समेत सशस्त्र प्रहरीलाई जानकारी दिइरहे पनि त्यसलाई नियन्त्रणको प्रयास भएको छैन ।पूर्वी नेपालबाट गाईगोरु भारततिर लैजाँदा दुईवटा मुलुकमा सहजै बिक्री गर्ने सकिने भएकाले तस्करी गर्नेहरूले पूर्वी नेपालका दक्षिणी नाका रोज्न थालेको हुन ।
भारतको उत्तर प्रदेश तथा बिहार राज्यले गाईगोरु ओसारपसार तथा वध गर्न प्रतिबन्ध लगाए पछि पनि मोरङ, सुनसरी र झापाको रुट तयार गरिएको छ । नेपाल र भारतबीचको खुल्ला सीमा भएकाले नेपालका गाईगोरु भारततिर तस्करी गर्न सहज भए पनि भारत र बाङ्लादेशबीच खुला सीमा नभएकाले त्यति सहज नभएकाले बढी तस्करी नेपालबाट हुने गरेको हो ।
त्यसैगरी कपडा, मोटरपार्टस, सुपारी लसुन, स्याउ लगायतका सामान झापाका दर्जनौ नाकाबाट तस्करी भैराखेको छ। झापाको पुर्बिनाका काकर्भिट्टा तस्करिको ट्रान्जिट पोइन्ट बनेको छ। साधुगौडा, प्रशादगौडा, तुर्केनी, बाउण्डागी, पिन्किठ्याक, गैरिगाउ, बगान, भद्रपुरको गणेश मन्दिर, दोभान, भन्सार दखिन, नेपाल बैक पुर्व, झोलुङेपुल, दलेगाउ, केचना, पाठामारी, टागनडुबा, गौरिगन्ज, राजगढ, घेराबारी, भागडुबा, कुन्जिबारी, पन्थापाडा नाकाबाट सुपारी, कस्मेटिक, फोरेनगुड्स, स्याउ लगायत भारत तर्फ तस्करी हुनेगरेको छ। त्यस्तै भारतबाट कपडा, मोटरपार्टस, खैनी नेपाल तर्फ दैनिक करोडौको सामान तस्करी हुँदै आएको छ। अचम्मको कुरात केछ भने आकल झुकल तस्करिको सामान गाडी बरामत भिहाल्यो भने भरिया कहिलेनी पक्राउ पर्दैनन यसमा प्रहरिको नै मिलेमहतो देखिन्छ। अहिले झापाको दख्खिन भेग कपडा तस्करिको ट्रान्जिट पोइन्ट बन्दै आएको छ।
त्यस्तै इलामको पशुपती नगर, दुइमहेल, चारमहेल, हिले, छब्बिसे, मानेभन्ज्याङ, जौबारी, कालपोखरी नाका प्रयोग गरि दैनिक फोरेनगुड्स, चुरोट ६ देखि ७ पिकअप भारत तर्फ र कपडा, मोटरपार्टस, कस्मेटिक, रम लगायत ४ देखि ६ पिकअप नेपाल भित्रदा समेत प्रहरी प्रशासन मौन बस्नुको कारण रहस्यमय देखिन्छ। शसस्त्र प्रहरिले जिल्ला क्षेत्रबाट घुमुवा टोलि हटाएपछी bop पतिले नै रकम तत तत कमाण्डरलाइ बुझाउने गरेको स्रोतको दाबी छ।