काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ९० पैसा र बिक्रीदर १३८ रूपैयाँ ५० पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १४९ रूपैयाँ ५२ पैसा र बिक्रीदर १५० रूपैयाँ १७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७८ रूपैयाँ ६८ पैसा र बिक्रीदर १७९ रूपैयाँ ४६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५६ रूपैयाँ ४८ पैसा र बिक्रीदर १५७ रूपैयाँ १६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ६९ पैसा र बिक्रीदर ८७ रूपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ८७ पैसा र बिक्रीदर ९६ रूपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ २८ पैसा र बिक्रीदर १०३ रूपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।
यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ २९ पैसा र बिक्रीदर नौ रूपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०४ पैसा र बिक्रीदर १९ रूपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९९ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०९ पैसा र बिक्रीदर चार रूपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ १६ पैसा र बिक्रीदर ३१ रूपैयाँ २९ पैसा निर्धारण भएको छ ।
यस्तै, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ४० पैसा र बिक्रीदर नौ रूपैयाँ ४४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ५४ पैसा र बिक्रीदर १३ रूपैयाँ ६० पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ०४ पैसा र बिक्रीदर २० रूपैयाँ १३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ७४ पैसा र बिक्रीदर १७ रूपैयाँ ८२ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रूपैयाँ ६७ पैसा र बिक्रीदर ४४९ रूपैयाँ ६२ पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३६७ रूपैयाँ ४० पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रूपैयाँ १९ पैसा र बिक्रीदर ३५९ रूपैयाँ ७४ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।