काभ्रेपलाञ्चोक— सोमबार दिउँसो परेको अविरल वर्षापछिको बाढीमा एक महिला बेपत्ता भएकी छन् । बेपत्ता महिलाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा सोही ठाउँ निवासी ३३ वर्षीया रेनुका गिरी बेपत्ता भएकी थिइन्।
मेला गएर फर्कने क्रममा उक्त खोलामा आएको बाढीले उनलाई बगाएको हो। कार्यालयका अनुसार प्रहरी टोली र स्थानीयले निरन्तर खोजी गरे पनि सोमबार राति अबेरसम्म फेला नपरेपछि खोजीकार्य स्थगित गरिएको थियो।
मंगलबार (आज) बिहानदेखि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी प्रहरीसहितको टोली परिचालित गरी पुनः खोजीकार्य सुरु गरिएको प्रनाउ घलेले बताए। सोामबारको वर्षाले पनौती बसपार्क आसपासका केही क्षेत्र डुबानमा परेको थियो। यस्तै आलु लगाइएको खेतमा खोलाको बाढी पस्दा क्षति भएको छ।