सर्लाही— सर्लाहीको बागमती नगरपालिका–१२ स्थित निर्माणाधीन बागमती माछा पोखरी  (भरत ताल) मा डुबेर एक पुरुषको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही नगरपालिका- ४ जिरायत बस्ने ६७ वर्षीय पाले सार्कीको तालमा डुबेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय हरिवनका अनुसार सार्कीलाई तालमा मृत भेटिएका थिए । उनलाई उक्त तालमा मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

अत्यधिक गर्मी भएपछि गर्मी छल्न पौडी खेल्न तालभित्र पस्दा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ ।

मृतकको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमपछि परिवारले बुझेका छ्न् ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।