IMG-20250416-WA0001 6

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

सम्पत्ति आर्जनको अवसर मिल्नेछ। साथीभाइको सहयोग पाइनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। सञ्चित धन खर्च हुने जोखिम छ। खर्च कटौती गर्नुपर्ने दिन छ। शिक्षामा गहिरो अध्ययनको खाँचो छ। भाग्यका स्थानमा चन्द्रमा बसेकाले नयाँ कुराको सुरुवात गर्ने दिन छ। योजना बनाएको भए सफलता मिल्नेछ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

बोल्ने क्रममा विचार पुर्याउनुहोस्। मित्र टाढिन सक्छन्, सचेत रहनुहोस्। दिन राम्रो छ । विपक्षी साथीले प्रशंसा गर्नेछन्। स्वदेशमा भन्दा विदेशको रमझमले मन आकर्षित गर्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आर्थिक लाभ हुनेछ। शिक्षामा गरेको मेहनत सफल हुनेछ। कामलाई निरन्तरता दिन आवश्यक छ। तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

स्वास्थ्यमा सुधार आउनेछ। मानसिक शान्ति बढ्नेछ। प्रेम र शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। लगानी गरेको भए फाइदा हुनेछ। साना कुराले मनमा अशान्ति फैलने छ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

योजनामा अवरोध आउन सक्छ। दृढताले सफलता मिल्नेछ। दाम्पत्य जीवन संघर्षपूर्ण हुन सक्छ। दिन सामान्य छ। आज ठुलो लगानी नगर्नु उचित हुनेछ। गलत कामले पश्चाताप हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

रोगबाट मुक्ति मिल्नेछ। दाम्पत्य जीवन सुखद रहनेछ। साथीबाट सहयोग प्राप्त हुनेछ। दिन सामान्य छ। आज ठुलो लगानी नगर्नु उचित हुनेछ। गलत कामले पश्चाताप हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

बोल्दा विचार पुर्याउनुहोस्। पुरानो रोगबाट मुक्ति मिल्नेछ। शिक्षामा उन्नति हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ। राज्यको तर्फबाट सुविधा प्राप्त हुनेछ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ रोगको जोखिम छ। खानपानमा ध्यान दिनुहोस्। स्वास्थ्यप्रति सचेत रहनुहोस्। धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। प्राविधिक शिक्षा र व्यापारमा गरेको प्रयास सफल बन्नेछ। दैनिक काममा भने ढिलासुस्ती हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

परिश्रमको फाइदा आफन्तले उठाउन सक्छन्। शिक्षामा लगानी लाभदायक हुनेछ। निरन्तर प्रयास गर्नुपर्छ। मन प्रशन्न रहनेछ। विपक्षी साथीको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने देखिन्छ। राज्यको तर्फबाट अवसर प्राप्त हुने दिन छ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

झुटा आरोप लाग्न सक्छ। खर्च बढ्ने सम्भावना छ। खानपानमा ध्यान दिनुहोस्। सञ्चित धन खर्च हुने दिन छ । स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। राज्यको तर्फबाट भय र त्रास बढ्ने जोखिम छ। परिवारको सहयोग लिएर अगाडि बढ्दा राम्रो हुनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

बौद्धिक क्षेत्रमा उचाइ हासिल हुनेछ। ईर्ष्यालुहरू सक्रिय रहनेछन्, विवेकपूर्वक निर्णय लिनुहोस्। दिन सामान्य छ। रिसलाई नियन्त्रण गर्नु उचित हुनेछ। सञ्चित धन खर्च हुने योग छ। साढेसातको प्रभावका कारण भएको सम्पत्ति जोगाउनु उचित हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्ने छ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

दाम्पत्य जीवन सुखद रहनेछ। खर्च बढ्ने संकेत छ, सचेत रहनुहोस्। स्वदेशी लगानी लाभदायक हुनेछ। साना कुराले स्वास्थ्यमा समस्या हुनेछ। सहकर्मीबाट असहयोग हुने जोखिम छ। प्राविधिक शिक्षाको क्षेत्रमा गरेको श्रमको मूल्य प्राप्त हुनेछ। अग्रजको सुझाव लिएर अगाडि बढेमा दिन सहज बन्नेछ।