इलाम— जङ्गलबाट संकलन गरेर ल्याएको च्याउ पकाएर खाँदा बिरामी भएका इलामको माङ्सेबुङ–५ का २ जनाको आइतबार मृत्यु भएको छ।

प्रहरीका अनुसार माङ्सेबुङ–५ की १७ वर्षीया नुमा लावती र २२ वर्षीया मनिसा चेम्जोङको मृत्यु भएको हो। च्याउ खाएका स्थानीय धनराज साङ्बाङ गम्भीर बिरामी परेका छन्।

उनीहरूले जङलबाट संकलन गरेर ल्याएको च्याउ खाएका थिए। खाएको केही समयपछि पेट दुख्ने, वान्ता हुने जस्ता लक्षण देखिएको थियो। प्रहरीका अनुसार उपचारका लागि अस्पताल लगिएकामा २ जनाको मृत्यु भएको हो।