नवलपुर— नवलपुरको गैंडाकोट नगरपालिका–१३ शिख्रौली र गैंडाकोट–११ मुकुन्दसेन टोलका दुई परिवारका ८ जना च्याउ खाएर विरामी परेका छन्।
बारीमा उम्रेको च्याउ खाँदा दुई परिवारका ८ जना विरामी परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
बिरामी भएकाहरुलाई गैंडाकोट नगर अस्पताल भेडाबारीमा सामान्य उपचार पश्चात थप उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको प्रहरीको भनाइ छ।
च्याउ खाएर नवलपुरको गैंडाकोट–१३ शिख्रौली कैलाश टाल निवासी ४५ वर्षीय शसी सिर्पाली, २० वर्षीय पूर्णिमा सिर्पाली, ५० बर्षीया शतदेवी लाम्गादे, २७ वर्षीया दिलकुमारी सिर्पाली, २५ वर्षीय कमला हर्नेल, गैंडाकोट– ११ मुकुन्दसेन टोल निवासी ४५ वर्षीय इन्द्रमाया चितौरे, २३ वर्षीय तिर्सना चितौरे र २५ वर्षीय दिनेश चितौरे विरामी परेका हुन्।
उनीहरुको स्वास्थ्य अवस्था सुधार रहेको प्रहरीले जनाएको छ।






































