काठमाडौं— ब्यूरोको प्रहरी सहायक निरीक्षक (असई) भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानरपालिका–५ शिवनगरका २६ वर्षीय निराजन थापा छन् । उनलाई कैलालीको अस्थायी प्रहरी पोस्ट बसपार्कबाट शनिबार पक्राउ गरेको हो ।
धनगढी उपमहानरपालिका–४ बसपार्कस्थित धामी होटलका सञ्चालकलाई उनले २/३ दिनदेखि ब्यूरोको असई भन्दै पटक–पटक रकम मागेको पाइएको प्रहरीले बताएको छ ।