काठमाडौं— गण्डकी प्रदेशले बनाएको ‘राइड सेयरिङ’सम्बन्धी ऐनको विरोध गर्दै देशभरमा यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन्।
गण्डकी प्रदेशले रातो नम्बर प्लेटका चारपांग्रे सवारीसाधनलाई पनि राइड सेयरिङको अधिकार दिने गरी राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ पारित गरेको छ। ऐन खारेजीलगायत माग राख्दै व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् ।
व्यवसायीको आन्दोलनका कारण यात्रुहरुले सास्ती भोग्नु परेको छ। निजी सवारीसाधन नहुनेहरु पैदल यात्रा गर्न बाध्य भएका छन्। त्यसमा पनि महिला, बालबालिका, बिरामी, वृद्धवृद्धालाई झनै मुस्किल भएको छ।