झापा— झापाको कमल गाउँपालिका–३ रतुवामाई जंगलमा विद्युतप्रवाह (करेन्ट) चुहावट हुँदा जंगली हात्तीको मृत्यु भएको छ ।
गएराति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलमा जोडिएको विद्युत् तार खस्दा हात्तीको घटनास्थलै मृत्यु भएको डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकले जानकारी दिए ।
उनले करेन्टबाट हात्तीको सुँड र एउटा दाँत जलेका अवस्थामा भेटिएको जानकारी दिए । डिभिजन वन कार्यालयबाट प्राविधिक टोली खटिएको वन अधिकृत पाठकले बताए ।