काभ्रेपलाञ्चोक— काभ्रेमा बालुवा बोकेको टिपरमा आगलागी भएको छ । पाँचखाल नगरपालिका–५ तल्लो जिपलाइनस्थित अरनिको राजमार्गमा बा२क ६१२५ नम्बरको टिपरमा आगलागी भएको हो ।

एक्कासी गति बढ्न थालेपछि चालक नवराज सिवाकोटीले टिपर रोकेर पम्पको तार र फ्युज निकाल्न लाग्दा आगलागी भएको प्रहरीले बताएको छ ।

आगलागी राति साढे १ बजे नियन्त्रणमा आएको थियो । टिपर पाँचखालबाट भक्तपुर जाँदै थियो ।