काठमाडौं— आज २०८२ साल जेठ २४ गते शनिबार। जेठ शुक्ल पक्षको एकादशी व्रत उपरान्त द्वादशी तिथि । तुलसीको दल राख्ने दिन । तदनुसार सन् २०२५ जुन ७ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। 

rasiphal_

मेषः सञ्चित धन खर्च हुने दिन छ । राजनीतिक क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या हुने जोखिम छ । शिक्षाको क्षेत्रमा थप श्रम गर्नुपर्ने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृषः दिन सामान्य राम्रो छ । गुम्न लागेको धन प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारसँगको कारोबारमा फाइदा हुनेछ । राज्यको महत्त्वपूर्ण निकायमा नियुक्ति हुनसक्ने योग छ ।

मिथुनः दिन राम्रो छ । मनमा उत्साह बढ्नेछ । धार्मिक व्यक्तिसँगको भेटले नयाँ योजना बन्नेछ । विदेशमा गरेको व्यापारबाट फाइदा हुनेछ । घर परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कटः आम्दानीका दृष्टिले दिन राम्रो छ । परिवारको बोझ अझै बढ्ने योग छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । राजनीतिक क्षेत्रमा उपलब्धि प्राप्त हुनेछ ।

सिंहः सहकार्यमा गरेको व्यापारबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ । रोगले सताउने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

कन्याः दिन राम्रो छ । लगानीका क्षेत्रमा हिम्मत गर्नुपर्ने छ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा प्रगति हुनेछ । परिवारमा तपाईंको सम्मान हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।

तुलाः मन प्रशन्न रहनेछ । आफूले गरेका काममा सन्तुष्टि मिल्नेछ । आफ्नै प्रशंसा सुन्ने अवसर मिल्नेछ । परिवारसँग रमाइलो यात्राको अवसर प्राप्त हुनेछ । नयाँ साथीसँग रमाइलो भेट हुने योग छ ।

वृश्चिकः दिन सामान्य छ । स्वास्थ्यमा समस्या बढ्ने जोखिम छ । तपाईंको अध्ययनको भने मूल्यांकन हुने दिन छ । विपक्षीसँग सचेत भएर अगाडि बढ्नुपर्ने समय छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनुः दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । आफूले आफूलाई मूल्यांकन गर्न नसक्दा खटपटी भए पनि साथीको साथ मिल्नेछ । परोपकारको काम गर्ने अवसर मिल्नेछ ।

मकरः दिन राम्रो छ । बौद्धिक व्यक्तिसँग भेट हुनेछ । राजनीतिक क्षेत्रमा गरेको लगानीको प्रतिफल प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुने योग छ । परिवारभित्र थोरै बोलेर काम गर्नुपर्ने समय छ ।

कुम्भः धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अन्त्य साढेसाती दशा भएकाले तृतीया, छैटौं र ११ औं स्थानमा शनिदेव भए तपाईंको उन्नति हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

मीनः दिन सामान्य छ । सम्पत्तिले साथ दिए पनि इज्जतमा दाग लाग्नेछ । धार्मिक कार्यमा सहभागी हुनु आवश्यक हुन्छ । दान गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ ।