जाजरकोट— जाजरकोटमा पीडितलाई बाँधेर खुकुरी प्रहार गरेको घटनामा फरार अभियुक्तलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर–७ घर भएका २७ वर्षीय दीपेन्द्र सिंह र २७ वर्षका तप्त सिंह रहेका छन् ।

उनीहरूलाई कीर्तिपुरस्थित ट्याङ्लाफाँटबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए।

आरोपीहरू विरुद्ध जाजरकोट जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । जाजरकोट प्रहरीले जेठ २२ मा उनीहरूलाई पक्राउ गरिदिन पत्राचार गरेको एसपी आचार्यले जानकारी दिए ।