झापा— झापामा तीनजना मृत फेला परेका छन् । आज बिहान अर्जुनधारा–४ मदनपुर जलाधर सडक, बिर्तामोड–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा शव भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 

अर्जुनधारा–४ मा भेटिएको शवको भने सनाखत हुन बाँकी छ । बिर्तामोड–२ फूलबारी टोलका ३६ वर्षीय राम टुडू र अर्जुनधारा–११ नयाँबस्तीमा ६० वर्षीय मित्रलाल कामी मृतावस्थामा फेला परेका छन् । 

तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रवक्ता खड्काले बताए ।