सुनसरी— सुनसरीको इनरुवा नगरपालिका–८ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो साढे १२ बजे सोहि स्थानमा वल्र्डलिङ्क नेटको तार जोड्ने क्रममा करेन्ट लागेको हो ।

तार जडान गर्ने क्रममा  नेटका कर्मचारी इटहरी उप–महानगरपालिका–१४ का २६ बर्षीय मुकेश कुमार चौधरी अचानक करेन्ट लागि घाइते भएकोमा उनलाई जिल्ला अस्पताल सुनसरी इनरुवामा सामान्य उपचार पश्चात थप उपचारको लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए ।