विराटनगर— धनकुटा र सुनसरीबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुन कटुवाल, सुमन माझी, रोहित बिष्ट र बालकृष्ण मगर रहेका छन् ।
विहीबार अस्थायी प्रहरी पोष्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका–४ स्थित चेकजाँचको क्रममा बाग्मती प्र.०२–०५२ प ७७५७ नम्बरको स्कुटर चालक दुधौली नगरपालिका–१० सिन्धुलीका ३३ बर्षीय अर्जुन कटुवाललाई २७ ग्राम ९२ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिए संगै ओसार पसारमा संलग्न उदयपुरको कटारी नगरपालिका–२ का ३३ बर्षीय सुमन माझीलाई पक्राउ गरेको हो । अस्थायी प्रहरी चौकी रेल्वेले धरान– १६ बाट सोही स्थानका ३४ बर्षीय रोहित बिष्टलाई १ ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
त्यसैगरी इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाले साँगुरीगढी गाउँपालिका–६ बाट प्र–१–०२–००१ज ४५२७ नम्बरको गाडी भित्रबाट १० किलोग्राम गाँजा फेला पारी चालक धनकुटा नगरपालिका–९ का २० बर्षीय बालकृष्ण मगरलाई पक्राउ गरेको हो ।
लागु औषधसहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।