काठमाडौं — बलात्कार अभियोगमा पक्राउ परेका मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरिकुमार पोखरेललाई यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर गरिएको छ।
काठमाडौं जिल्ला अदालतले शुक्रबार गरेको अन्तिम आदेशमा पोखरेललाई बलात्कारमा भने अभियोग नपुगेको भन्दै उन्मुक्ति दिएको छ तर यौन दुर्व्यवहारमा दोषी ठहर गरेको हो। आदेश न्यायाधीश खिमानन्द भुषालको इजलासबाट जारी गरिएको हो।
पोखरेलमाथि आफैले घरमा काम गर्न राखेकी एक युवतीलाई बलात्कार गरेको आरोप लागेको थियो। काठमाडौंको त्रिपुरेश्वरस्थित आफ्नै घरबाट २०८० साउन १२ गते प्रहरीद्वारा पक्राउ परेका उनीमाथि जिल्ला प्रहरी परिसर काठमाडौंले बलात्कारको कसुरमा मुद्दा दर्ता गरेको थियो। मुद्दा २०८० भदौ ५ गते जिल्ला अदालतमा दर्ता भएको थियो।
अदालतले प्रमाणको आधारमा बलात्कार अभियोग नपुगेको ठहर गरे पनि घटनालाई यौन दुर्व्यवहारको श्रेणीमा राख्दै दोषी करार गरेको हो।






































