धरान — सुनसरीको इटहरी उपमहानगरपालिका–२०, तरहरास्थित धरान–तरहरा सडकखण्डबाट २,१०० किलो गाँजासहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ट्रक चालक धनकुटाका ३२ वर्षीय राजेन्द्र राई , सहचालक ३३ वर्षीय सुनिल राई र सुनसरीका ३४ वर्षीय सुमन राई छन्।
उनीहरूमाथि लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख सुमनकुमार तिमल्सिनाले जानकारी दिए।