विराटनगर— मोरङको विराटनगर महानगरपालिका–३ स्थित भित्री सडकखण्डमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

असार ४ गते दिउँसो को.१ क ९५३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–०२–०४८ प ३७८१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक र पछाडि सवार व्यक्ति घाइते भएका थिए।

दुर्घटनामा मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ निवासी २० वर्षीय स्कुटर चालक पृतम बजगाई र पछाडि सवार ५० वर्षीय सुसिल बजगाई घाइते भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको थियो। तर, चिकित्सकले सुसिल बजगाईलाई अस्पताल पुग्नेबित्तिकै मृत घोषणा गरेका थिए।

दुर्घटनापछि टिपर चालक मोरङ कानेपोखरी गाउँपालिका–३ का ३३ वर्षीय कुलदिप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

हाल घटनासम्बन्धी थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय मोरङमार्फत भइरहेको प्रहरीले जनाएको छ।