भक्तपुर— दोलखाको बैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीका भाइ सुरेन्द्र उप्रेती जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्।
भक्तपुरको ठिमीस्थित प्रहरी वृत्तले उनलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी घटनाको थप अनुसन्धान अघि बढाइएको छ।
हाल घटनाबारे थप विवरण सार्वजनिक गरिएको छैन। प्रहरीले अनुसन्धानको क्रममा पत्ता लागेका थप तथ्यहरू पछि सार्वजनिक गरिने जनाएको छ।