सोलुखुम्बु— सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लामा करेन्ट लागेर एक प्राविधिकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोलुदूधकुण्ड–७, भित्ताखर्कका ३५ वर्षीय रबिन बस्नेत रहेका छन्। केन्द्रीय विद्युत प्रसारण लाइनको ट्रान्सफर्मर मर्मतका क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।
घटनापछि बस्नेतलाई तत्काल जिल्ला अस्पताल फाप्लु पुर्याइएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपी मनोजित कुवँरले जानकारी दिए।
बस्नेत गरुढ सेक्युरिटी सर्भिसमार्फत विद्युत प्राविधिकको रूपमा कार्यरत थिए।