सुनसरी— सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३० वर्षीय सोनिया मुसहर रहेका छन्।
असार ७ गते राति सामान्य वादविवादका क्रममा श्रीमती ढलीसदा मुसहरलाई कुटपिट गर्दा उनी गम्भीर घाइते भएकी थिइन्। कुटपिटपछि अवस्था बिग्रँदै जाँदा असार ९ गते बिहानै उनको आफ्नै घरमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी भरौलबाट खटिएको टोलीले सोनिया मुसहरलाई नियन्त्रणमा लिएको हो। उनलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमार्फत थप अनुसन्धान र कानुनी कारबाही अघि बढाइएको छ।
प्रहरीले घटनाको प्रकृति गम्भीर भएकाले थप प्रमाण संकलन तथा आवश्यक प्रक्रिया अघि बढाइरहेको जानकारी दिएको छ।