सोलुखुम्बु— सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–१, नेले तुम्सेमा चट्याङ लागेर एक गर्भवती भैँसी र पाडिको मृत्यु भएको छ।

शनिबार दिउँसो करिब ३ः५५ बजे परेको चट्याङले स्थानीय एक कृषकको गोठमा क्षति पुर्‍याएको हो। घटनामा मानवीय क्षति नभए पनि कृषकलाई ठूलो आर्थिक नोक्सानी भएको छ।

चट्याङपछिको उद्धार कार्य स्थानीयवासीको सहयोगमा सम्पन्न गरिएको जनाइएको छ।

मौसममा अचानक आएको खराबी र चट्याङको जोखिमलाई ध्यानमा राख्दै स्थानीयवासीहरूलाई सतर्क रहन सम्बन्धित निकायले आग्रह गरेको छ।

510683885_1123604529787240_5518840489135783425_n