IMG-20241014-WA0000(1) 13

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

पारिवारिक रमाइलो र मिठासले भरिएको दिन। व्यवसाय र पढाइमा मध्यम लाभ मिल्नेछ। दिन सामान्य छ। आफन्तसँग विवाद हुनेछ। व्यापारमा भने फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा भने सचेत भएर काम गर्ने समय छ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आत्मबल र आत्मविश्वास उच्च रहनेछ। नयाँ काम र पढाइमा सफलता मिल्नेछ। दिन राम्रो छ। तपाईंको सम्पत्तिमा आक्रमण गर्न खोज्ने साथीसँग सचेत बन्नुपर्ने छ। व्यापारमा फाइदा हुनेछ। शिक्षामा आलस्य बढ्नेछ। राजनीतिक क्षेत्रमा फाइदा हुने दिन छ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

स्वास्थ्य र खर्चमा सतर्कता अपनाउनु पर्छ। अनावश्यक विवादबाट बच्न आवश्यक छ। सञ्चित धन खर्च हुने दिन छ। साथीले आफ्नो विरोध गरेको सुन्नुपर्ने हुनसक्छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। बन्धुसँग सचेत भएर अगाडि बढ्नु उचित हुन्छ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

रोकिएको धन हात पर्ने योग छ। आय र स्वास्थ्य दुवैमा सुधार हुनेछ। परिवारसँग रमाइलो समय बित्नेछ। दिन राम्रो छ। साथीको साथमा आफ्नो काम सहजै गर्न सक्नु हुन्छ। शिक्षामा अल्छीपन बढ्नेछ। परीक्षा लेखिसकेको भए नतिजा राम्रो प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा प्रवेश गर्नु उचित हुन्छ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

काममा सफलता र नयाँ सुरुवातको अवसर छ। मानसिक तनाव कम हुनेछ। आर्थिक सबलता प्राप्त हुनेछ। दिन राम्रो छ। बोल्दा सचेत बन्नुपर्ने दिन छ। धेरै बोल्दा बन्न लागेको काममा अवरोध हुनेछ। भाग्यको स्थानमा चन्द्रमा पुगेकाले आफ्रन्तको साथमा रमाइलो खानपिन हुनेछ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सामाजिक तथा धार्मिक कार्यमा सफलता मिल्छ। स्वास्थ्य र आर्थिक क्षेत्र सामान्य छ । पढाइमा ध्यान दिनुहोस्। दिन राम्रो छ। तपाईंको काम सफल बन्नेछ। विपक्षी शान्त भएकाले आफ्नो काम गर्न सहज हुनेछ। परिवारमा कुरा बुझाबुझ नहुँदा बौद्धिक टकराब हुनेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मन अशान्त, खर्च र विवाद बढ्न सक्छ। चोटपटकबाट बच्न सतर्क रहनुहोस्। परिवारसँग रमाइलो घुमघाम हुनेछ। शिक्षामा तपाईंलाई काम लगाएर फाइदा लिने धेरै छन्। राजनीतिक क्षेत्रमा सेवाको सेवाको अवसर मिल्नेछ। आफूभन्दा बौद्धिक व्यक्तिसँग भेटघाटको सम्भावना रहेको छ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सम्बन्धमा सुधार हुनेछ। साझेदारी कार्यबाट फाइदा हुनेछ। व्यवसाय र पढाइमा प्रगति हुनेछ। दिन राम्रो छ। परिवारसँग रमाइलो घुमघाम हुनेछ। शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। रोजगारी प्राप्त हुने दिन छ। रोगलाई सानो भनेर लापरवाही गर्दा स्वास्थ्यमा समस्या आइपर्नेछ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सानो प्रयासले ठुलो सफलता मिल्न सक्छ। आर्थिक लाभ र जोश जागर बढ्ने समय छ। सानो कुराले मन दुख्ने छ। खटपटी बढ्ने जोखिम छ। शनिको प्रभावले आफन्त टाढा हुनेछन्। दाम्पत्य जीवन सुखमय बन्नेछ। राजनीतिक क्षेत्रमा हात नलगाउनु उचित हुनेछ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

रमाइलो यात्रा र सहयोगी साथीहरूको सहयोग मिल्नेछ। बुद्धिको विकास र पारिवारिक समर्थन प्राप्त हुनेछ। दिन राम्रो छ। स्वास्थ्यले साथ दिँदा मनमा खुशी मिल्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। पदोन्नति हुने सम्भनावना छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

तनाव र खर्च बढ्न सक्छ। व्यर्थ यात्रा टार्नुहोस्, पढाइमा बढी ध्यान दिनुहोस्। दिन सामान्य छ। मन अशान्त बन्नेछ। बोल्दा सचेत बन्नुपर्ने दिन छ। आज दक्षिणको यात्रा नगर्नु उचित हुन्छ। शनिदेव उचित ठाउँमा भए सोचेका काम बन्नेछन्।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मानसम्मान र सफलता बढ्ने दिन छ। प्रशासनिक काम बन्नेछ। दिन सामान्य छ। सम्पत्ति आर्जन हुनेछ। सहकार्य गरेर व्प्यापारमा अगाडि बढ्नु उचित हुनेछ। शिक्षामा प्रगति हुनेछ। मन शान्त भएकाले परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।