धादिङ— धादिङको गल्छी गाउँपालिका–१ मा एक महिला त्रिशूली नदीमा हाम फालेर बेपत्ता भएकी छन्। ५६ वर्षीया साइली गिरीले बुधबार बिहान करिब ९ बजे छाङगेश्वर मन्दिर नजिकैको त्रिशूली नदीमा हाम फालेको सशस्त्र प्रहरी बल नेपालका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।
उनका अनुसार घटनापछि गिरीको खोजी कार्य सुरु गरिएको छ। खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन बेस आदमघाटबाट नायव निरीक्षक वीरेन्द्रकुमार मण्डलको नेतृत्वमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मीहरूको टोली परिचालन गरिएको थापाले बताए।
हालसम्म महिलाको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको छैन। खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।