काठमाडौं—  सरकार अब लागुऔषध दुरुपयोग र अवैध ओसारपसार नियन्त्रणमा थप कडाइ गर्ने तयारीमा जुटेको छ। यही सन्दर्भमा गृह मन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गरिने घोषणा गरिएको छ।

बिहीबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा गृहमन्त्री रमेश लेखकले आउँदो आर्थिक वर्षदेखि विभाग स्थापनाको प्रक्रिया अघि बढाइने जानकारी दिए।

सरकारले लागुऔषध नियन्त्रणका लागि विभिन्न रणनीति र योजनाहरू तयार पारेर कार्यान्वयन गरिरहेको मन्त्री लेखकले बताए ।

कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधि, सामाजिक संघसंस्था तथा सरोकारवालाहरू उपस्थितमा  लागुऔषध दुरुपयोग रोकथाममा विभाग स्थापनाले नवीन पहल र प्रभावकारी नियन्त्रण ल्याउने विश्वास व्यक्त गरेका छन्।