नुवाकोट— नुवाकोटको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा अविरल वर्षाका कारण आएको बाढीेले बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।
बेपत्ता हुनुहुनेमा अविरल वर्षापनि खोलामा पानीको बहाव बढ्न गई ३२ वर्षीया कमला बलामी बेपत्ता भएको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार बेपत्ता बलामीको खोजीकार्यका लागि सशस्त्र प्रहरीको टोली खटिएको छ ।
साथै सोही ठाउँमा रहेको ३ वटा गोठ बगाउँदा गोठमा घाइते भएका अशोक बलामीलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाएको उनले बताए ।
सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरेबाट गरी ६५ जना सुरक्षा फौज उद्धारका लागि खटिएको छ । सो खोलाले पशुचौपाय लगायत अन्य सामान बगाएको छ ।
यसैगरी, डोल्पा जिल्लाके काईके गाउँपालिका–४ रिवामा अविरल वर्षाका कारण पहिरो गई सो ठाउँमा रहेको १५ घर पूर्ण रुपमा क्षति भएको छ ।
उक्त स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं। ४६ गुल्म डोल्पाको सुरक्षा फौज खटिएको छ । पहिरोमा परी ३ जना व्यक्ति घाइते भएका छन् । उनीहरुको अवस्था भने सामान्य रहेको छ ।