काठमाडौं — काठमाडौं महानगरपालिका–१५ डल्लुमा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ परेका छन्।
काभ्रेको बेथानचोक गाउँपालिका–६ घर भएका २५ वर्षीय सुनिल कुमार तामाङको खाजा पसलमा जुवा खेलिरहेका बेला उनीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो। बिहीबार दिउँसो प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाहरूको साथबाट नगद ४४ हजार ८५ रुपैयाँ र तीन बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ। हाल उनीहरूविरुद्ध आवश्यक अनुसन्धान भइरहेको छ।