मोरङ— बिवाहमा डिजे बजाई नाच्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको विराटनगर महानरपालिका–१८ का १७ बर्षीय बालक अमित यादव रहेका छन् ।

शनिबार बिहानको राती साढे १ बजे बिवाहमा डिजे बजाई नाच्ने क्रममा अचानक डिजेको तारबाट करेन्ट प्रवाह भई अमित घाईते भएका थिए ।  घाइते यादवलाई उपचारको लागि कोशी अस्पताल विराटनगर पुर्याउन साथ मृत्यु भएको थियो । 

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।