काठमाडौं— प्रहरीले ललितपुरको एकान्तकुनाबाट बलात्कार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । गोरखाको गण्डकी गाउँपालिका–५ घर भएका २३ वर्षीय अमृत गैरे भन्ने अमृत सार्कीलाई पक्राउ गरेको छ । 

गैरे बलात्कार मुद्दामा फरार प्रतिवादी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए । गैरेलाई आइतबार पक्राउ गरेर अनुसन्धान थालिएको एसपी बोहराको भनाइ छ ।