काठमाडौं— बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।  रामेछाप खाँडादेवी गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ४७ वर्षीय खड्ग बहादुर कार्की आइतबार पक्राउ गरेको हो। 

जिल्ला अदालत काठमाडौंको २०८० फागुन २२ गतेको फैसलाले १० दिन कैद सजाय र २० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले बल्खुबाट पक्राउ गरेको हो। 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ।