रौतहट— पत्नीको हत्या गरेको आरोप लागेका एक युवकलाई रौतहट प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ। इशनाथ नगरपालिका–७ निवासी फैयाद मन्सुरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

तीन वर्षअघि श्रीमतीको हत्या गरी गहुँ खेतमा फालेर फरार रहँदै आएका मन्सुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

उनले २०७८ माघ २६ गते २० वर्षीया श्रीमती चाँदनी खातुनको घाँटीमा सलले बेरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

खातुनको शव इशनाथ नपा–४, मठियास्थित भगाई साह बनियाँको गहुँको खेतमा फेला परे पनि मन्सुरी फरार थिए।