काठमाडौं— नेकपा एमालेले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेको छ ।

एमाले सांसद पदम गिरीले समितिको बैठकमा सभापति खतिवडाको राजीनामा मागेका हुन् ।

‘यो नेपालको संसद्को इतिहासमा लज्जास्पद स्थिति हो । प्रतिवेदनमा समितिका सभापति र सचिवको हस्ताक्षर छ । हेर्ने अन्तिम दायित्व उहाँहरूको हो,’ सांसद गिरीले भने– ‘जिम्मेवारी लत्याएर गैर जिम्मेवार बनेको देखियो । नैतिकताको हिसाबले जिम्मेवारीमा रहन मिल्दैन ।’

सभापति खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने उनको माग छ । ‘सचिव पनि यो समितिमा सचिवको रूपमा बस्न मिल्दैन,’ उनले भने ।