रौतहट— रौतहटमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । कटहरिया नगरपालिका–८ पोखरिया बस्ने रामपुकार यादवकी छोरी १४ वर्षीया रोशनी कुमारी यादवको करेन्ट लागेर बुधबार राति मृत्यु भएको हो । 

गुजरा नगरपालिका६ बेदौलीस्थित लत्रेको बिजुलीको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।