काठमाडौं— वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२५ बस्ने ४० वर्षीय प्रभाष रिसाल रहेका छन् ।
आरोपित रिसालले युके पठाइदिन्छु भन्दै पीडितहरूबाट १ करोड २० लाख ४४ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका–४ एकान्तकुनाबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।